Sajhedari Daily
Latest News from Nepal

वीरगञ्ज–पथलैया ६ लेनको सड्क खण्ड अझैपनि निर्माण हुुन सकेन्

रञ्जन यादव/
ठेक्दार कम्पनीको लापरबाहीको कारण वीरगञ्ज–पथलैया ६ लेनको सड्क खण्ड अझैपनि निर्माण पुरा हुुन सकेको छैन् ।
दुुई बर्षे आयोजनाको पटक पटक म्याद थपिए पनि योजनाको काम अझैपनि ३० प्रतिशत बाँकी छ ।

आयोजनाको काम ७० प्रतिशत मात्र देखिएको छ । सड्कमा यात्रा गर्ने मानिसहरु दैनिक धुुवाधुुलोको सामना गर्नुु परिरहेको छ । जसले गर्दा ब्यपार ब्यवसाय पनि चौपट भएको ब्यपारीहरु दुुखेसो गरेका छन् ।

२०७३ असारमा सुुरु भएको यो आयोजनाको काम प्रत्येक आठ महिनामा २५ प्रतिशत सम्पन्न गर्ने सर्तमा निर्माण गर्नुुपर्ने सड्कलाई चार खण्डमा बिभाजन गरी ४ वटा निर्माण कम्पनीलाई जिम्मा दिएको थियो ।

५.८ प्रतिशत सड्क निर्माण गर्ने जिम्मा पाएको युुनाईटेड निर्माण सेवा कम्पनीले करिब ५० प्रतिशत मात्र काम सम्पन्न गरेको आयोजना प्रमुुख मनिष कुुमार साहले बताएका छन ।

समयमा पैसा बिनियोजित नहुुनुु पनि काम ढिलाई हुुनुुको एक कारक तत्व रहेको आयोजना प्रमुुख साहले बताउछन । आयोजनाले चालुु आर्थिक बर्षको लागि बिनियोजित ५० करोड रुपैया खर्च गरिसकेको छ भने २२ करोड रुपैयाको लागि अर्थमन्त्रालयसँग माग गरेको ब्यपारिक मार्गको कार्यालय पथलैयाले जनाएको छ ।