पचरौता नगरपालिकामा नेपाली सेनाका २ जना सहित ५ जनामा कोरोना पुष्टि

साझेदारी दैनिक
साझेदारी दैनिक 379 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान /
बाराको पचरौता नगरपालिकामा ५ जनामा मंगलवार कोरोना पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले दिएको जानकारी अनुसार पचरौता नगरपालिका वडा नम्बर १ का २ जना र वडा नम्बर २ का १ जना र नेपाली सेनाका २ जना गरि जम्मा ५ जनामा कोरोना पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले साझेदारीलाई जानकारी दिनुभयो ।
प्राप्त जनाकारी अनुसार वडा नम्बर १ का ३० बर्षिय, ३५ बर्षिय , वडा नम्बर २ का १९ बर्षिय पुरुष रहेका छन् भने जुम्लाका २ जना नेपाली सेनाका क्रमश ३६ बर्षिय, ३५ बर्षिय पुरुष रहेको पचरौता नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवलकिशोर यादवले जानकारी दिनुभयो ।

जेष्ठ ७ गते जिल्ला जनस्वास्थ्य कार्यालय बाराबाट गएको स्वास्थ्यकर्मीहरुको टोलीले पचरौता नगरपालिकाको कोरेन्टीनमा रहेका र सुरक्षाकर्मीहरु सहित ५८ जनालाई स्याव परिक्षण गरेकामा ५ जना पोजेटिभ, ४४ जनाको रिपोर्ट निगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका शंकर गुप्ताले जानकारी दिनुभयो ।

उनका अनुसार ९ जनाको रिपोर्ट आउन बाकी रहेको हो । बाकी रहेको ब्यतिmहरुको रिपोर्ट पनि चाडै आउने उनको कथन रहेको छ । संक्रमित ५ जनालाई कलैया अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भईरहेको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो ।

समाचार शेयर गर्नुहोस
Leave a review