Sajhedari Daily
Latest News from Nepal

२२ जनामा कोरोना संक्रमण पुष्टि

Top Aside Banner

राम मण्डल/
वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परिक्षणमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बारा र पर्साका स्थानीयहरु २२ जनामा कोरोना सक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ ।

थपिएका संक्रमितमध्ये ५ जना महिलासहित पर्साका १७ र बाराका ७ जना रहेका छन । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ८, १४ र १५ मा दुई÷दुई जना, वडा नम्बर १ र १३ मा एक-एक जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मा दुई र वडा नम्बर २ मा एक जना संक्रमित भेटिएका छन् ।

यस्तै पर्सागढी नगरपालिका वडा नम्बर ५ मा एक र वडा नम्बर ८ मा दुई जनामा संक्रमण देखिएको छ । छिपहरमाई गाउँपालिका वडा नम्बर ३ मा पनि एक जना संक्रमित भेटिएका छन् ।

यता बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ मा एक, र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २, ३, र १६ मा एक÷एक जना र वडा नम्बर ७ मा दुई जनागरी ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितहरुमा ९ वर्षीय बालकदेखि ५४ वर्षीय वृद्धसम्म रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर चौरसियाले जानकारी दिएका छन ।