कलैया बजारलाई व्यवस्थित बनाउन सरोकारवालाहरुको बैठक

साझेदारी दैनिक
542 पाठक संख्या

रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय कलैया बाराको सभाहलमा कलैया बजारलाई व्यवस्थित बनाउन सरोकारवालाहरुको बैठक सम्पन्न गरिएको छ।

सो बैठकले कलैया बजारमा भएको बाटो अतिक्रमण हटाई सवारी पार्किङ व्यवस्थापन गरी कलैया बजारलाई व्यवस्थित बनाउने सम्बन्धी छलफल गरी आवश्यक तयारी गरी व्यवस्थाप गर्न निर्णय गरेको थियो ।

बैठक कलैया उपमहानगरपालिकाको नगर प्रमुख राजेश राय यादवको अध्यक्षतामा बसेको थियो । जसमा नगर उपप्रमुख रहीम खातुन, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, बारा उद्योग वाणिज्यसंगको अध्यक्ष राजकुमार साह,कोषाध्यक्ष अजय साह,ट्राफीक प्रहरी, वार्ड नं ३,४,५ का वार्ड अध्यक्षहरु , लगायत वातावरण तथा विपत बत्वस्थपान शाखाका प्रतिनिधिहरु समेतको विशेष उपस्थिती रहेको थियो।

 

Leave a review

This will close in 0 seconds