माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको गठबन्धनका उम्मेदवारलाई जिताउन बाराका पाँच दलका नेता तथा प्रमुखहरुले अपील गरेका छन् ।
नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवको संयोजकत्वमा पार्टी कार्यालयमा सोमबार सता गठबन्धन एवम् पांच दलीय गठवन्धनको बैठकले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारलाई समर्थन गर्न अपील गरेका हुन ।
नेपाली कांग्रेस बाराका सभापति राजेशराय यादव, लोसपा बाराका अध्यक्ष नवलकिशोर सिंह,जसपा बाराका अध्यक्ष रामबाबु प्रसाद यादव,ए.माओवादी बाराका प्रतिनिधि उमेशप्रसाद यादव एकीकृत समाजवादी बाराका प्रतिनिधि हरिओम प्रसाद ग्ुप्ताले संयुक्त विज्ञप्ति जारी गरी यस्तो अपिल गरेका हुन् ।
नेपाली कांग्रेस बाराका सभापति यादवको अध्यक्षतामा बसेको बैठकले मधेश प्रदेशका उम्मेदवारलाई विजयी गराउन पाँच दलीय गठबन्धनका नेता,कार्यकर्ता,शुभेच्छुक,नागरिक समाज, बुद्धिजीवी,सञ्चारकर्मी,एवम् सम्पूर्ण भातृ संस्थाका सरोकारवालालाई गठबन्धनको पक्षमा मत माग्न एवम् सकरात्मक पहलकदमी गर्न अपिल गरिएको हो ।
वैठकले मधेश प्रदेशका प्रदेश सासद,पालिकाका प्रमुख तथा उपप्रमुख,अध्यक्ष तथा उपाध्यक्षसंग गठबन्धन दलकातर्फबाट मधेश प्रदेशको राष्ट्रिय सभाका उम्मेदवार आनन्द ढुंगाना र डा. पूजा चौधरी विच मंगलबार बिहान ९ बजे देखि बरेवा दरबार होटल कलैयामा छलफल गर्ने कार्यक्रम राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


