निशुल्क स्वास्थ्य शिविरमा ४ सय जनाको स्वास्थ्य चेकजाँच

साझेदारी दैनिक
544 पाठक संख्या

रञ्जन यादव/
बाराको जीतपुरमा भएको निशुल्क स्वास्थ्य शिविरमा ४ सय जनाले स्वास्थ्य चेकजाँच गराएका छन् ।

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको आयोजना र नेपाल मेडिसिटी बायोद्धा अस्पतालको सहकार्यमा भएको शिविरमा २ सय जना महिला, १ सय ५० जना पुरुष र ५० जना बालबालिकाले स्वास्थ्य चेकजाँच गराएको नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरीले जानकारी दिनुभयो ।

स्वास्थ्य चेकजाँच गराउँन आएका बिरामीहरुलाई निशुल्क औषधी बितरण गरिएको थियो । शिविरमा प्रसुती तथा स्त्रीरोग बिशेषज्ञ रुबिना ताम्राकार गुरुङ्ग ,हाड ,जोर्नि तथा नसा रोग बिशेषज्ञ संतोष साह , बालरोग बिशेषज्ञ आनन्द रौनियार ,जेनरल फिजिसियन बिपुल भगत र जेनरल सर्जन ब्रजनेश यादब लगायत सेवा प्रदान गर्नुभएको थियो ।

शिविरको औपचारिक उद्घाटन बारा क्षेत्र नं.४(क) बाट निर्वाचित प्रदेश सभा सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो । चिकित्सकले चौधरीको बल्ड प्रेसर नापेर शिविरको सुरुवात गरेका थिए ।
जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष घनश्याम गिरी, सशस्त्र प्रहरी निरिक्षक रबि थापा ,प्रहरी सहायक निरिक्षक बिन्दा महत्तो, नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनोस गुप्ता ,कोषाध्यक्ष रामबाबु कलवार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरीले गरेका थिए ।

Leave a review