Sajhedari Daily
Latest News from Nepal

पर्साको जगरनाथपुरमा निःशुल्क अाँखा शिविर

पर्साको जगरनाथपुर गाउँपालिकामा शनिबार निःशुल्क अाँखा शिविर सम्पन्न भएको छ । वीरगञ्जमा रहेको दृष्टि अाँखा अस्पताल एण्ड रेटिना सेन्टरको प्राविधिक सहयोगमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ सुहपुर स्थित विद्यालयकोको प्रांङगणमा उक्त निःशुल्क अाँखा शिविर संचालन गरिएको हो ।

शिविरमा १ सय ७० जनाको अाँखा जाँच गरिएकोमा ८४ जनमा मोतियाबिन्दुका बिरामी फेला परेका थिए । मोतियाबिन्दु देखिएका २० जनाको स्वास्थ्य बिमा रहेकाले उनीहरुको निःशुल्क अस्पतालले शल्यक्रिया गर्नेछ ।

बाँकी ६४ जनाको गाउँपालिका अध्यक्ष जÞालिम मियाँले आफ्नो बजेटबाट केही रकम छुटयाई शल्यक्रिया गरिने जानकारी दिएका छन । दाइजो एवम समाजिक कुरिति विरुद्ध जागरण मंचको आयोजना र जगरनाथपुर गाउँपालिकाको सहकार्यमा उक्त निःशुल्क आँखा शिविर आयोजना गरिएको हो ।

शिबिरमा वडा नम्बर ४ का वडाध्यक्ष प्रभुनाथ प्रसाद चौधरी, वडा सदस्य ब्रजेश यादव, शिवनाथ चौघरी, प्रेमचन्द चौधरी, शंकर चौधरी लगायत स्थानीयबासीहरुको लगायतको उपस्थिति रहेको मँचका अध्यक्ष ब्रिजेशवर चौधरीले जानकारी दिएका छन ।