दृष्टिविहीन विद्यार्थीलाई ‘हियरिङ एड’ वितरण

साझेदारी दैनिक
431 पाठक संख्या

बाराको डुमरवानास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा मंगलबार एक कार्यक्रमवीच विद्यालयका दृष्टिविहीन एवं सुस्त श्रवण शक्ति भएका विद्यार्थीलाई ‘हियरिङ एड’ वितरण गरिएको छ ।

जनजागरण युवा क्लब कलैयाको सहयोगमा विद्यार्थीहरुलाई मंगलवार उक्त ‘हियरिङ एड’ वितरण गरिएको हो ।

विद्यालयका विद्यार्थीलाई ‘हियरिङ एड’ वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सरदचन्द्र भट्टराईले साझेदारी दैनिकलाई जानकारी दिए ।

क्लव द्वारा सञ्चालित सहयात्रा परियोजना अन्तर्गत विद्यार्थीहरुकालागि सो सामाग्री दिइएको हो ।

संस्थाले विभिन्न सहयोग गर्ने क्रममा दृष्टिबिहिन एवं सुस्त श्रवण शक्ति भएका विद्यार्थी अरुणकुमार चौधरीलाई हिएयरिङ एड प्रदान गरेको प्रअ भट्टराईले जनाए।

विद्यालयमा अध्ययनरत बारागढी गाउँपालिका १ का विद्यार्थी चौधरीलाई सो सामाग्री हस्तान्तरण गरिएको हो ।

प्रेरणा नेपालका अपाङ्गता तथा समावेशीकरण संयोजक राजु लामाले विद्यालयमा आएर सो यन्त्र चौधरीलाई हस्तान्तरण गरेका थिए ।

उक्त सामाग्री वितरण कार्याक्रममा विद्यालयका प्रधानाध्यापक भट्टराई, सहायक प्रधानाध्यापक पंकज विश्वकर्मा, दृष्टिविहीन श्रोत शिक्षक प्रीति साह, लगायतको उपस्थिति रहेको थियो ।

चौधरी नेरामावि डुमरवानाको दृष्टिविहीन छात्राबासमा बसेर चौधरी कक्षा ५ मा अध्ययनरत रहेका छन् । यस यन्त्रले चौधरीलाई अध्ययन गर्न सहयोग पुग्ने छ ।

Leave a review