नारी शक्ति विकास मञ्चद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

रञ्जन यादव
339 पाठक संख्या

जीतपुर : नारी शक्ति विकास मञ्चको आयोजनामा भएको एक दिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ रामबनमा भएको शिविरमा १५० जनाले आँखा परीक्षण गराएका थिए। तीमध्ये ३० जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएको नारि शक्ति विकास मञ्चको उपाध्यक्ष दुर्गा रिजालले जानकारी दिईन् ।

उनीहरुको निशुल्क शल्यक्रिया हुने उपाध्यक्ष रिजालले बताईन् । उक्त शिविरमा सामुदायिक आँखा केन्द्र,वीरगंज पर्साबाट आएका चिकित्सकहरूको टोलीले सेवाहरू प्रदान गरेका थिए ।

कार्यक्रमको उद्घाटनमा ६ नम्बर वडाका वडा अध्यक्ष क्यामुदिन अन्सारी,वडा सदस्य बुद्ध कुमारी,कार्यपालिका सदस्यहरू तथा वडा नम्बर ३ का कार्यवाहक वडा अध्यक्ष,समाजसेवी फैजल आलम लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सफल बनाउन खटिने सम्पूर्ण व्यक्ति,सहयोगी हातहरू र संस्थालाई आयोजक नारी शक्ति विकास मञ्चकी अध्यक्ष आशा दाहालले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

Leave a review