अनुगमन टोली आएको थाहा पाएपछि मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्जका सुनचाँदी पसल आइतबार धमाधम बन्द गरिएको छ ।
सुनचाँदी पसलहरुमा अनुगमनको लागि जिल्ला प्रशासन कार्यालय पर्सा सहित बिभिन्न सरोकारवाला निकायहरुको टोली अनुगमनको लागि बजारमा पुगेको थियो ।
अनुगमन टोली आएपछि कारवाहीमा पर्ने डरले सुनचाँदी ब्यावसायीहरुले आ– आफ्नो पसलको सटर बन्द गरेका थिए ।
वीरगञ्जको मिनाबजार र माईस्थान एरियामा रहेको सुन चादि पसलमा अनुगमन गर्ने क्रममा यो दृश्य देखिएको हो ।
त्यहाँ रहेका सुन चाँदी पसलहरु ब्यवसायीहरुले बन्द गरी असहयोग गरेको टोलीका सदस्यहरुले बताएका छन् ।यसरी सरोकारवाला निकायहरु अनुगमनमा जादा सुनचाँदी ब्यवसायीहरुले पसल नै बन्द गरेका हुन् ।
वीरगञ्जमा पनि सुनचाँदीको गैरकानुनी कारोबार भईरहेको हो भन्ने आशंका यसले झनै बलियो बनेको छ ।गैर कानुनी र अबैध कारोबार नगरेको भए अनुगमन टोली आउदा पसल किन बन्द गरियो भन्ने प्रश्न वीरगञ्जका सुनचाँदी ब्यवसायीहरु माथि उठेको छ ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय पर्सा,गुणस्तर तथा नापतौल कार्यालय पर्सा,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज,जिल्ला प्रहरी कार्यालय र उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साको संयुक्त टोली अनुगमनमा खटिएको थियो ।
पछिल्लो समय दैनिक रुपमा सुन चाँदीको मूल्य बढदै गईरहेको छ ।सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेर आइतबार तोलाको एक लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदी २५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेकोे छ ।

