पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश पछि परे देश पछि भनेका छन् ।
वीरगञ्जमा आयोजित एमाले मधेस प्रदेश कमिटीको सपथ ग्रहण कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अन्नबाली,उद्योग,ब्यापार,पर्यटनको केन्द्र,राजनीतिक ईतिहासको केन्द्र सँस्कृतिको धनी मधेश रहेको उनले बताए । मधेसलाई अझै पछाडि पारिए देश उठन नसक्ने उनको ठोकुवा थियो ।
मधेस अगाडी नबढे देश अगाडि बढन नसक्ने उनले ठोकुवा गरे । मधेसको विकासमा लाग्न उनले आहवान् गरे । एमालेको सरकार हुदा कोभिडको बिरुद्ध आफुहरुले गरेको संघर्षलाई विश्व स्वास्थ्य संगठनले प्रशंसा गरेको उनले बताए ।
भूकम्पले प्रभावितलाई साढे तीन हजार घर बनाएर हस्तान्तरण गरेको उनले जनाए । आफुहरुको सरकार हुदा हजारौ किलोमिटर बाटो हजारौ पुल निर्माणको काम शुरु गरिएको उनले जानकारी दिएका थिए ।
मध्य पहाडी राजमार्ग पुरा हुने अवस्थामा रहेको उनले बताए ।एमाले कुरा गर्ने नभई काम गर्ने पार्टी भएको उनले दावी गरे ।
एमाले सरकारमा हुदा जनताको विकासका कार्यहरु गरेको दावी ओलीको थियो ।हजारौ विद्यालय ,हजारौ स्वास्थ्य चौकी अस्पताल,विश्व विद्यालय सरकारी कार्यालयहरु सेनाका प्रहरीका भवनहरु ध्वस्त भएकालाई एमालेको सरकारले पुर्ननिर्माण गरेको उनको भनाई थियो ।
जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परेकाहरुको उद्धार गर्न सरकारसित ओलीले आग्रह गरे ।
एमाले मधेस प्रदेशका नव निर्बाचित पदाधिकारीको वीरगञ्जमा प्रमाणपत्र समेत उनले वितरण गरे । जाजरकोटमा गएको भूकम्पमा परि घाईते तथा घरबार गुमाएकाहरुको यथाशिघ्र उद्धार गर्न उनले आग्रह गरेका हुन् ।
अहिले सरकारदेखि लिएर राष्ट्रपति प्रधानमन्त्री समेत जनताको पक्षमा काम गर्न नसकेको ओलीको आरोप थियो ।सपथ ग्रहण कार्यक्रममा ओलीले एमाले मधेस प्रदेश कमिटीका सदस्यहरुलाई प्रमाणपत्र बितरण गरेका थिए ।

