दिपशिखा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न

संदिप प्रसाद यादव
557 पाठक संख्या

बाराको कलैया उपमहानगरपालिका–६ मा रहेको दिपशिखा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा मंगलबार कलैयामा सम्पन्न भएको छ ।

संस्थाले यस अघि बेलपातीमाई मन्दिरको अगाडिबाट भरत चौक हुँदै जानकी सिनेमाहल सम्म ¥याली निकालेको थियो । साधारण सभा कार्यक्रम जानकी सिनेमाहलको सभाहलमा एक कार्यक्रम बिच सम्पन्न भएको हो ।

दिपशिखा महिला बचत तथा ऋण सहकारी संंस्था लिमिटेडको सभापति रामरती देवी दुसाधको अध्यक्षतामा साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद साहले मैनबत्ती बाली कार्यक्रमको उद्घाटन गरे ।

कलैया उपमहानगरपालिका र लुमन्ति आवासको लागि सहयोग समूहद्वारा प्रवद्र्धित यस सहकारी संस्था कलैया उपमहानगरपालिका अन्तर्गतका गरीब तथा पिछडिएर रहेका समुदायका महिलाहरुको एकमात्र सहकारीको रुपमा स्थापित भै महिलाहरुको आर्थिक शसक्तिकरणको लागि क्रियाशील छ ।

२०६८ फाल्गुन २९ गरेका दिन दर्ता भएको यस सहकारी संस्थाको शेयर सदस्य १०० जनाबाट सुरु भएको हो । हाल सम्म कुल शेयर सदस्य ९० वटा महिला समूहका १३७२ जना महिला सदस्य लगायत ३०५ जना बाल सदस्यहरु गरी जम्मा १६७७ जना सदस्यहरु आवद्ध रहेका छन् ।

संस्थाले आर्थिक कार्यको साथै सामाजिक कार्यमा समेत अग्रसर भई कार्यक्रमहरु संचालन गर्दै आईरहेको कोषाध्यक्ष रिता देवी सहनीले बताइन् । बचत र शेयर विवरणमा नियमित बचत एक करोड छत्तीस लाख एकानव्बे हजार पाँच सय अठार रुपैया एघार पैसा रहेको छ । संस्थाको ,ऐच्छिक बचत आठ लाख अठहत्तर हजार आठ सय चौतिस रुपैयाँ रहेको छ ।

बाल बचत नै लाख अठहत्तर हजार चार सय तिरासी रुपैयाँ, राहत बचत दुई लाख एकासी हजार आठ सय चौतीस रुपैयाँ रहेको छ । शेयर बाईस लाख चौध हजार चार सय र संचय कोष बचत तीन लाख चौसठी हजार एक सय दुई रुपैयाँ जम्मा एक करोड चौरासी लाख आठ हजार चार सय तिरसठी रुपैयाँ रहेको कोषाध्यक्ष रिता देवी सहनीले बताइन् । ऋण प्रवाह दुई करोड ९२ लाख ५५ हजार पाँच सय साठी रुपैयाँ रहेको छ । सहकारीका सञ्चालक समिति तथा गोलिया प्रमुखहरुको नियमित बैठक तथा सहकारी सम्बन्धी अन्तक्रिया कार्यक्रम, टोल टोलमा सहकारीको बचत तथा ऋण नीतिहरुबारे अभिमुखिकरण तथा अन्तर्क्रिरया कार्यक्रम,शहरी गरीबी निवारण मंच र लुमन्तिको सहयोगमा कार्यालय भवनको माथिल्लो तल्ला निर्माण हुदै गरेको छ ।

दुई दिने ऋण व्यवस्थापन तालिम,दुहुना भैंस पालनको लागि ७ दिने तालिम,प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले मधेश प्रदेश र कलैया उपमहानगरपालिकाको आर्थिक सहयोगमा जिविकोपार्जन लागि दुहुना भैसि पालन कार्यक्रम अन्तरर्गत कलैया उपमहानगरपालिकाको २७ वटै वडाका १८६ जना बिपन्न परिवारलाई दुहुना भैसि पालनको लागि प्रति परीवार रु. ६५००० का दरले जम्मा रु.१ करोड २० लाख ९० हजार रकम अनुदान बितरण गरेको छ । ३ वटा वडामा दूध संकलनको चिस्यान केन्द्र स्थापना गरिएको सचिव मन्जु देवीले बताएकी छिन् ।

आर्थिक वर्ष २०८०÷०८१को लागि संस्थाको सहकारीका कर्मचारी र संचालक समितिका सदस्यहरुलाई कार्यालय व्यवस्थापन तथा लेखा तालिम संचालन गर्ने,सहकारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गर्ने,सदस्यहरुलाई यस वर्षमा १ वटा शिपमुलक तथा आयमुलक तालिमको आयोजना संस्थाले गर्ने छ । संचालक समिति र संयोजकहरु विच त्रैमासिक रुपमा अन्तर्क्रिरया कार्यक्रम गर्ने,बचत गर्ने बानिको विकास गर्नका लागि नयाँ महिला बचत समूह तथा नयाँ बाल बचत समूह गठन गर्ने,सिकाईको लागि अन्तर सहकारी भ्रमण कार्यक्रमको आयोजना संस्थाले गर्नेछ ।

सहकारीको व्यवसायिक योजना तालिम आयोजना गर्ने,कर्मचारी लेखा तालिम,ऋण जोखिम व्यवस्थापन तालिम,पल्स तालिम,संचालक र संयोजक लेखा तालिम,ऐन,नियम र कानुन सम्बन्धी तालिम,समूह संयोजक तालिम,लेखा सुपरीवेक्षणको भूमिका सम्बन्धी तालिमको आयोजना संस्थाले गर्नेछ ।

क्षेत्रगत भेला,सदस्य परीवार सम्मान कार्यक्रम,कृषि सम्बन्धी तालिमको लागि समन्वय र संचालन,डेरीको व्यवसायिक योजना तालिम,फिल्ड कर्मचारी तालिम,बाल बचतका बालबालिकाहरुलाई जनमदिनको शुभकामना दिने कार्यक्रम र कलैया उपमहानगरपालिकाको समन्वय र सहकार्यमा जिबिको पार्जनका लागि दुहुना भैसि पालन कार्यक्रम अन्तरर्गत ३ वटा वडामा चिस्यान केन्द्र संचालन गर्नेभावी योजनाहरु रहेको सचिव मन्जु देवीले बताएकी छिन् ।

लालिगुरासका लक्ष्मी देवी,सोनामाइका शकुन्तला देवी,कुमारीमाइका शम्भा देवी,शिक्षाका प्रमिला देवी र गणेशका मन्जु देवी बचत समुहबाट सम्मानित भएकी थिइन् ।

सबै भन्दा बढी नियमित बचत गर्ने बैधनाथपुर महिला बचत समुह बैधनाथपुरकि कान्ति देवी र सबै भन्दा बढि शेयर रहेको जनशक्ति महिला बचत समूह गंगापुरकी आचल कुमारी सम्मानित भएकी थिइन् ।

कलैया–१४ बघवनमा बस्ने पाना देवी पासवान र सोही वडाको भौरा माझि मुसहर बस्तिकी एकल महिला माला माझी लाई वायुपन्खी चुल्हो वितरण गरिएको थियोे ।

कलैया उपमहानगरपालिकाको आर्थिक सहयोगमा जिविको पार्जन लागि दुहुना भैसि पालन कार्यक्रम अन्तरर्गत कलैया उपमहानगरपालिकाको २७ वटै वडाका १८६ जना बिपन्न परिवारलाई दुहुना भैसि वितरणमा पक्षपात नगरी दिपशिखा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नगरकै गौरव संस्था बन्न सफल भएको तथा आउने दिनमा पनि निरन्तर उपमहानगरपालिकाबाट सहयोग गर्ने र १४ सय महिला सदस्यहरु रहेको उक्त संस्थाले महिलाहरुको जिविकोपार्जन तथा स्वरोजगारका लागी उल्लेख्य भुमिका खेलिरहेको कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख साहले बताए ।

२३ वटा नगरपालिका मध्ये सबै भन्दा जुनियर स्टाफ रहि टप काम गर्ने तथा लुमन्ती शाखा कलैयामै रहने अर्को परियोजना संचालनको लागि जितपुरसिमरा जाँदै लुमन्ती आवासको लागि सहयोग समुहका कार्यक्षेत्र संयोजक अब्दुल कैशले बताए ।

उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका का उप–प्रमुख रौशन प्रविण, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह,लुमन्ती आवासको लागि सहयोग समुहका कार्यक्षेत्र संयोजक अब्दुल कैश,वार्ड नम्बर २ का वार्ड अध्यक्ष राजेश कुमार महतो,३ का वार्ड अध्यक्ष मोहन साह कानु,१३ का वार्ड अध्यक्ष राजेश महथा खत्री,२४ का वार्ड अध्यक्ष हिरालाल चौधरी,२७ का वार्ड अध्यक्ष अशोक कुमार तिवारी,महिला अधिकारकर्मी बबिता जैसवाल,ट्राफिक प्रहरी कार्यालय बाराका रामपुकार पाण्डे,संस्थापक अध्यक्ष घरभर्नी मण्डल,शहरी सामुदायिक सहयोग कोषका सुरेश मोदक,महिला तथा बालबालिका शाखाका प्रमुख नेहा केशरी,युप्याकका आराधना कुमारी सोनार,अनिल मण्डल,विभिन्न संघ संस्थाका पदाधिकारीहरु सन्चारकर्मी,संचालक समितिका साथै विभिन्न उप समितिका पदाधिकारी,समूह संयोजक,शेयर सदस्यहरु लगायतको सो अवसरमा उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन लुमन्ती आवासको लागि सहयोग समुहका समुदायिक सहजकर्ता सुर्यराज पासवानले गरेका थिए ।

Leave a review

This will close in 0 seconds