संविधान सभा सदस्य डा.शोभाकर पराजुलीले चाडपर्वको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिएका छन् ।
पराजुलीले बिहीबार एक प्रेस वक्तव्य जारी शुभकामना दिएका हुन् । वि. स. २०८० को कार्तिक २३ गतेदेखि मंसिर ३ गतेसम्मका सबै पर्व अवसरमा उनले शुभकामना दिएका हुन् ।
रमा एकादशी व्रत÷ विश्व स्वतन्त्रता दिवस, धन त्रयोदशी व्रत (धनतेरस्)÷ प्रदोष व्रत÷ शान्ति र विकासका लागि विश्व विज्ञान दिवस, काग तिहार÷ धनवन्तरी जयन्ति÷ महागुरु फाल्गुनन्द जयन्ति,लक्ष्मी पूजा÷ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्म जयन्ति÷ नरक चतुर्दशी÷ सुखरात्री÷ कुकुर तिहार, गाई तिहार÷ सोमबारे औँसी, गोबर्धन पूजा÷ म्हः पूजा÷ नेपाल सम्वत् ११४४ प्रारम्भ÷ विश्व मधुमेह दिवस, भाइ टीका÷ किजा पूजा,अन्तरराष्ट्रिय सहनशीलता दिवस,अन्तरराष्ट्रिय विद्यार्थी दिवस,छठपर्व व्रत,छठ पूजा÷ विश्व सौचालय दिवसे” को उपलक्ष्यमा सबैमा मंगलमय शुभकामना उनले व्यक्त गरेका हुन् ।
नेपाल बहुधार्मिक,बहुभाषिक,बहुसांस्कृतिक राष्ट्र रहेको भन्दै उनले प्रेस विज्ञप्तिमा सबैमा सामन्जस्य,सदभाव,एकता,प्रेम, मेलमिलाप,सौहार्दता,सम्मान प्रचुर मात्रामा रहेको जनाउदै सबैको भावना मानवतावादले ओतप्रोत रहेको लेखेका छन् ।
यी र यस्ता चाडपर्व र अवसरहरुले हामीलाई अझ बढी प्रेमिल,पारदर्शी,इमान्दार बनी हाम्रो अधोगतितर्फ जाँदै गरेको मानसिकता र मुलुकलाई चौतर्फी उन्नति र विकास गर्ने शक्ति प्रदान गर्ने उनले विज्ञप्तिमा विश्वास व्यक्त गरेका छन् ।
पहिचान,समान अवसर,सबै स्थानमा सबैको समुचित प्रतिनिधित्व सुनिश्चित बनोस् तथा सबै प्रकारका युद्द,हिंसा, अपराध,दुराचार,विभेद,अनियमितता,भ्रष्टाचार,दण्डहिनता, नातावाद,कृपावादको अन्त्यको कामना उनले गरेका छन् ।
सम्पूर्ण रुपमा लोकतन्त्रले लय लिइ यसको मूल्य, मान्यता, आदर्शहरुलाई व्यवहारिक रुपमा मानवतावादी र लोक कल्याणकारी बनाइ मुलुकलाई शान्त,सुन्दर र विकसित गर्न सक्ने आँट,हिम्मत,साहस,सदवुद्धी हामी सबैलाई प्राप्त होस् उनले प्रेस विज्ञप्तिमा लेखेका छन् ।
विज्ञप्तिमा हरेक असहाय,दीन दुःखी,गरीबको पनि चुलो बलोस् भन्ने उनले शुभकामना व्यक्त गरेका हुन् ।

