बारा र पर्सा जिल्लाका उत्तरी क्षेत्रहरुमा जंगली जनावरहरुको उपद्रो र आंतकले स्थानीयहरु हैरान छन ।
बारा र पर्सा जिल्लाका उत्तरी क्षेत्रहरु बनजंगल सिमा क्षेत्रहरुसंग जोडीएका गाउँ वस्तीहरु छन ।
बन जंगल क्षेत्र नजिकै हुनु र पर्सा राष्ट्रिय निकुञ्ज पनि नजिकै रहेकाले बेला बेलामा जंगली जनावरहरुको उपद्रो गर्ने तथा जंगली हात्ती र बाँघले आतंक नै मचाउने गरेका छन ।
पर्सा जिल्लामा जंगल क्षेत्रसंग जोडिएका पालिकाहरुमा हात्तीको आतँक मच्चाउदै आएको छ ।
जिल्लाको उतरी भेगमा रहेको राष्ट्रिय जंगल अर्थात पर्सा राष्ट्रिय निकुञ्जबाट निस्किने जँगली हात्तीले स्थानीयहरुको घर भत्काउने, बालीनाली खाईदिने माडेर नष्ट गर्ने गर्दै आएको छ ।
पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ पथलवाघाटमा मंगलबार राति नै जंगली हात्तीले पाच जनाको घर भत्काई दिएको छ ।
सो टोलमा रहेका दलित परिवारहरुको घर हात्तीले भत्काई दिएको हो । यस्तै जंगली हात्तीले बाली नाली समेत खाएर नष्ट गर्दै आईरहेको छ ।
यसरी जंगली हात्तीले पर्साको राष्ट्रिय बन सित सिमाना जोडिएका पटेर्वा सुगौली,जिराभवानी,सखुवा प्रसौनी,ठोरी गाउँपालिकाका स्थानीयहरुलाइै दुख दिदै आएको पटेर्वा सुगौली गाउँपालिका ५ का अनिल राउतले बताए ।
पटेर्वा सुगौलीको पथलवाघाटमा घर भत्काएको जंगली हातीले बिगत एक महिनादेखि सोही क्षेत्रका अन्य गाउँहरुमा समेत बाली नाली नष्ट गरेर स्थानीयलाई दुख दिदै आएको छ ।
तर,सम्बन्धित निकायले भने हात्तीलाई नियन्त्रणको लागि कुनै चासो नलिएको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष बासु पन्जियारको भनाई छ ।
उनले आफुले गाउँपालिकादेखि डिभिजन बन र निकुञ्जको कार्यालयमा समेत जंगली हात्तीले घर भत्काउने,बाली नाली खाई दिने गरेको बारेमा जानकारी गराउदा समेत हालसम्म केही नभएको बताए।
पर्सामा जंगलसित सिमाना जोडिएका पालिकाहरुमा बर्षेनी जँगली जनावरहरुले किसानहरुको बाली नाली खाने तथा घर समेत भत्काई दिने गरेका भएपनि हालसम्म डिभिजन बन वा पर्सा राष्ट्रिय निकुन्जले भने जंगली हात्ती नियन्त्रण वा त्यसलाई रोक्नको प्रयास नगरेको स्थानीयले बताएका छन ।

