रक्षाबन्धन पर्वका लागि राखि,फलफूल तथा मिठाई पसलमा भिड

संदिप प्रसाद यादव
472 पाठक संख्या

बारामा रक्षा बन्धन पर्वको चहल पहल बढेको छ । सोमबार हुने यस पर्वमा जिल्लाको बजारहरुमा भिड बढेको छ ।

जिल्ला सदरमुकाम कलैया बजारमा पचासौ पटके राखि पसलहरु खुलेका छन् । पसलहरुमा पाँच रुपैयाँ देखि दुई सय रुपैयाँसम्मका राखिहरु राखिएको छ ।

दिदी बहिनी तथा दाजु भाईको स्नेहको प्रतीकको रुपमा यो पर्व रहेको छ । यसपर्वमा दिदी बहिनीले दाजुभाईको हातमा राखि बाँधी रक्षाको बचन लिने गर्छन् ।

यसपर्वमा फलफूल तथा मिठाई पसलमा समेत मानिसहरुको भिड लागेको छ ।

यहाँ पनि राखिपर्वको तयारी स्वरुप मानिसहरुले मिठाई तथा फलफूल पसलमा मानिसहरुले पसलमा गएर किनिरहेका छन् । यस्तै कपडा पसलमा समेत मानिसहरु पुगेका छन् ।

जिल्लाको प्रमुख बजारमा रक्षाबन्धनको चहल पहल बढेको छ ।
जिल्लाको जितपुर,गञ्जभवानीपुर,सिम्रौनगढ लगायतका बजारमा यस पर्वको चहल पहल बढेको हो ।

राखि बाँध्न चेलिबेटीहरु माइति आएका छन् । यहाँबाट बुहारीहरु राखि बाँध्न माइति गएका छन् । रक्षाबन्धनको गीतहरु यहाँका एफएमहरुबाट गुञ्जिरहेको छ ।

कलैयाको मुख्य बजारमा रक्षाबन्धनको अघिल्लो दिन आइतबार सामान्य दिन भन्दा अत्याधिक भिडभाड देखिएको छ । कलैया बजारमा भाईबहिनी बिचको प्रेमको प्रतिकको रुपमा स्थापित रक्षाबन्धन पर्वको लागि राखी किन्नेहरुका कारण बिहानैदेखि मानिसहरुको भिड लागेको हो ।

रक्षाबन्धनको दिनलाई जनै पुर्णिमा अथवा जनै फेर्ने दिन पनि भनिन्छ । यस अवसरमा तागाधारीहरुले वैदिक मन्त्रले मन्त्रेको जनैलाई फेर्ने गर्छन् ।

तागाधारीमा समेत यो पर्वमा उत्साह बढेको छ । ब्राम्हण,पुरोहितहरुको हातबाट समेत रक्षाकवच स्वरुप डोरो बाँध्ने गर्छन् ।

Leave a review

This will close in 0 seconds