मधेसमा राजनीतिक परिवर्तन हुन जरुरी रहेको रास्वपा नेताहरुको भनाई

राम मण्डल
370 पाठक संख्या

मधेसको विकासको लागि राजनीतिक परिवर्तन हुन जरुरी रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले बताएका छन्।

पार्टीका केन्द्रिय सभापति सहित प्रदेश र जिल्ला स्तरका नेताहरुले समेत मधेसको विकासको लागि राजनीतिक परिबर्तन हुनुपर्ने बताएका हुन्।

देशमा रहेका ठुला दलहरु काँग्रेस एमाले माओबादीले मधेसको विकासमा ध्यान नदिएको तथा मधेसलाई भोट बैंक मात्रै बनाएकाले विकासको लागि राजनीतिक परिबर्तन जरुरी रहेको पार्टीका नेताहरुको भनाई छ ।

मधेसको मुहार फेर्ने,मधेसको विकास गर्छु भनेर राजनीति गरेका मधेसबादी नेताहरुले आफनो मुहार फेरेको तथा अबैध सम्पति जोडेकोले उनीहरुबाट मधेसको विकास सम्भव नभएको रास्वपाका सभापति रबि लामिछनेले बताए।उनले मधेसका नेताहरुले काठमाण्डौंमा कसरी घर बनाएर प्रश्न समेत गरेका थिए।

मधेसको विकासको लागि ठुला दलहरु कहिले पनि ध्यान नपु¥याएको तथा यहाँका जनताहरुको विकासको लागि काम नगरेकाले अब तीन ठुला दलहरु बाहेकलाई नेतृत्वमा शक्तिमा पु¥याउनुपर्ने आवश्यकता रहेको रास्वपाका मधेस प्रदेश सल्लाहकार डा.नन्दन यादवले बताए ।

पुस्तौ देखि मधेसमा एउटै पार्टी र एउटै मान्छेलाई यहाँका जनतालाई भोट दिदै आएकोले उनीहरु जितेर पनि विकास गर्न नसकेकोले अबको राजनीति निकास र मधेसको समृद्धि आफनो पार्टीले मात्रै गर्न सक्ने रास्वपा पर्साकी उपसंयोजक तुलसा अधिकारीले दाबी गरेकी थिईन् ।

मधेसमा रास्वपा कमजोर भएका कारणले पछिल्लो चुनावमा सिट जित्न नसकेको भन्दै अहिले पार्टीका केन्द्रिय सभापतिनै मधेस आएर यहाँका जनताको विकासको लागि आप्mनो पार्टीको एजेण्डा बारेमा बताईरहेका छन् ।एक हप्ता नै रास्वपाले मधेसमा नेता कार्यकर्ताहरु भेटने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

सोही अनुृरुप पार्टीका नेताहरुले मधेसमा राजनीतिक परिवर्तन हुनुपर्ने दाबी गरेका हुन् ।

Leave a review

This will close in 0 seconds