बीरगञ्ज महानगरपालिकाको नृसिंह माध्यमिक विद्यालयका एक बिद्यार्थीमाथि छुरा प्रहार भएको छ ।
कालिकामाइ गाउँपालिका वडा नम्बर १ निवासी बिद्यालयमा कक्षा १० मा अध्ययनरत महम्मद फिरोज आलम छुरा प्रहार बाट घाईते भएका हुन् ।
उनलाई सोही बिद्यालयमा अध्ययनरत रहेका सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ बस्ने कक्षा ९ मा अध्ययनरत अनुराग यादवले छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पुरानो रिसईबीका कारण आलममाथि यादवले छुरा प्रहार गरेका हुन् । प्रहरीले फरार रहेका छुरा प्रहार गर्ने यादवलाई पक्राउ गरेको छ । घाईते आलमको उपचार तराई अस्पतालमा भईरहेको छ ।

