भेडाहा खोलाबाट अबैध रुपमा बालुवाको चोरी तस्करी जारी

राम मण्डल
234 पाठक संख्या

वीरगञ्ज महानगरपालिकाको एक खोलाबाट अवैध रुपमा गिट्टी बालुवाको तस्करी जारी रहेको छ ।

यहाँस्थित भेडाहा खोलाबाट अबैध रुपमा गिटी बालुवाको चोरी तस्करी भईरहेको हो ।

स्थानीय निकायले खोलाको ठेक्का हालसम्म लगाएको छैन । जस्को कारण भेडाहा खोलाबाट अबैध रुपमा गिटी बालुवाको चोरी तस्करी भईरहेको छ ।महानगरको वडा नम्बर ३१ मा रहेको खोलाबाट दिनहुँ तस्करहरुले खोलामा ट्याक्टर लगेर गिट्टी बालुवा उठाएर तस्करी गरिरहेका छन् ।

राति र दिनको समयमा पनि खोलाबाट गिट्टी बालुवाको तस्करी हुने गरेको छ । सोही क्रममा बितेको आईतबार प्रहरीले अबैध रुपमा भेडाहा खोलाबाट बालुवा चोरी गरिरहेको अवस्थामा एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।प्रहरीले दिउँसो दुई बजेको समयमा भेडाहा खोलामा ना.२ त ६४३२ नम्बर को ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

सो ट्रयाक्टरमा अबैध रुपमा बालुवा निकाली लोड गरी राखेको अवस्थामा प्रहरी चौकी  मिलनचोक बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरले भेडाहा खोलाको ठेक्का समयमा नै नलगाउदा दिनहु जसोे चोरी तस्करी हुदै आएको छ ।

Leave a review