बाराको कलैया स्थित सिस्वा महेशपुरमा एक सय घरधुरिलाई बिधुतिय चुलो तथा कराही वितरण गरिएको छ ।
बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर –२६ सिस्वा महेशपुरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विधालयको सभा हलमा मंगलवार एक कार्यक्रम बिच वार्ड नम्बर २६ ले एक सय घरधुरिलाई विधुतिय चुल्हा तथा कराही वितरण गरेको हो ।
चालु आर्थिक वर्ष २०८०–८१ मा वडाले एक सय बिधुतिय चुलो तथा कराही खरिद गरेको हो ।
कलैया उपमहानगरपालिका का नगर प्रमुख विनोद प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जसपा नेपाल पार्टी मधेस प्रदेशका पुर्व अध्यक्ष एवम् युवा नेता तथा पुर्व सांसद रामबाबु कुमार यादव रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् जसपा नेपाल पार्टी मधेस प्रदेशका पुर्व अध्यक्ष एवम् युवा नेता तथा पुर्व सांसद रामबाबु कुमार यादवले ग्यासको आयतलाई प्रतिस्थापन गर्न र दैनिकी सहज बनाउन निःशुल्क विद्युतीय चुलो वितरणले निकै सहयोग पुग्ने विश्वास लिएका बताए ।

आगामी आर्थिक वर्षमा वडामा बाकी रहेका सबै घरमा वितरण गर्ने योजना रहेको वार्ड अध्यक्ष यादवले बताएका छन् ।
उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत नाथु साह,उधोग बाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साह,लाईभली हुड एक्स्पर्ट मन्जरी श्रेष्ठ,वडा सदस्य सुभाश मिया अन्सारी,पार्वती देबि सबिता देवी राम,सहायक प्रधानाध्यापक सतार मिया,बिधालय ब्यवस्थापन समिती सदस्य हलिमा खातुन,सुभास यादव,शिवजी ठाकुर,मोनिका चौधरी,स्थानीयबासीहरु लगायतकाको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा वडा सचिव मनोज कुमार यादवले स्वागत गरेको थिए भने कार्यक्रमको सन्चालन प्रधानाध्यापक राधाकृष्ण यादवले गरेका थिए ।

