निर्मल बचतको १२ औं वार्षिक साधारण सभा सम्पन्न

साझेदारी दैनिक
593 पाठक संख्या

धिरेन्द्र पुनहर/

निर्मल बचत तथा ऋण सहकारी सस्था लि.कोल्हवी ६ परसौनाको १२ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

जन सेवा ईंग्लिश बोर्डिङ स्कुल परसौनाको प्राङ्गणमा शनिबार सो साधारण सम्पन्न भएको हो । संस्थाका अध्यक्ष मोहन चौधरीको सभापतित्वमा सो साधारण सभा भएको हो ।

कार्यकममा प्रमुख अतिथि बारा निर्वाचन क्षेत्र १ क का प्रदेश सभा सदस्य त्रिलोकी प्रसाद चौधरीले पानसमा बत्ती बालेर साधारणसभाको उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले यो सस्थाले स्थानीय स्तरमा निकै नै राम्रो काम गरेको जनाए । उनले सम्पूर्ण शेयर सदस्यहरुलाई धन्यवाद दिदै संस्थाको उत्तरोत्रर प्रगतिको कामना गरे ।

समाजसेवी प्रकाश पन्जियार,रामभरोस चौधरी,राम अयोध्या चौधरी र सस्थाका शेयर सदस्यहरु कर्मचारीहरुको उपस्थिति रहेको थियो।सस्थाको आय व्याय सस्थाका कोषाध्यक्ष मनोज चौधरीले प्रस्तुत गरे ।

लेखा प्रतिवेदन लेखा संयोजक बिजेन्द्र चौधरीले गरे । वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष मोहन चौधरीले प्रस्तुत गरेका थिए ।

यस संस्थाले आ ब ७९÷ ८० मा तीन करोड ४६ लाख आठ हजार छ् सय ८४ रुपैयाँ कारोबार रहेको जानकारी गराएको छ ।

कार्यक्रमको विशिष्ट अतिथि कोल्हवी नगरपालिकाको नगर प्रमुख रामप्रसाद चौधरी,उपमेयर लक्ष्मी कुमारी चौधरी,वाड न ६ का वडा अध्यक्ष दिनेश चौधरी,पूर्व वडा अध्यक्ष पुरनदेव चौधरी,थारु कल्याणकारी सभा बाराका सभापति रामप्रसाद चौधरी,संस्थाका सल्लाहकार एवम् समाजसेवी गिरधारीप्रसाद चौधरी,अतिथिहरु समाजसेवी संजयकुमार चौधरी,नारायण चौधरी,छविलाल चौधरी लगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य यमराज चौधरीले गरेका थिए भने सो कार्यक्रमको संचालन उमेश चौधरीको रहेको थियो।

Leave a review

This will close in 0 seconds