रासायनिक मल नपाएपछि किसान भौतारिदै

राम मण्डल
437 पाठक संख्या

अहिले गहुँ बालि लगाउने समय हो । किसानहरु गहुँ छर्नको लागि व्यस्त हुने समय यो हो । बर्षेबाली गहुँ छर्नको लागि पर्साका किसानहरु रासायनिक मल नपाएको बताएका छन ।

भर्खरै धान काटेर गहुँ छर्ने बेला भएपनि डिएपी मल पोटास लगायतका मलहरु नपाएको किसानहरुको गुनासो छ ।

सरकारले समयमा नै किसानहरुको लागि मल उपलव्ध नगराउदा यसपालि पनि मल नपाइएको पर्सा पटेर्वा सुगौली गाउँपालिकाका किसान जगत पन्जियारले साझेदारी दैनिकलाई बताए ।धान भित्राएर अधिकांश किसानहरु अहिले गहुँ छर्ने काममा लागेका छन् ।किसानहरु खेत जोतिरहेका हुन् ।

अहिले केही मात्रामा मात्रै डिएपी मल पाउन सकेको भन्दै उक्त मलले भने गहुँ खेती हुन मुश्किल भएको बताए ।पर्साका ग्रामीण भेगका किसानहरु भारतबाट मल ल्याएर गहुँ छरिरहेका छन् । कोही अहिले पनि मलको पर्खाईमा नै रहेको पन्जियारको भनाई छ ।गहुँ रोपाईको लागि डिएपि मल पोटास अनिवार्य चाहिन्छ ।

उक्त मलहरु अहिले कृषि सामाग्रीसित पनि नभएकोले किसानहरु भारतबाट मल ल्याउनु परेको छ । प्रहरीले मल ल्याउन नदिने गरेको किसान हकहित सँघर्ष समिति पर्साका अध्यक्ष सहरुम राउत गदीले बताए ।उनले सँघीय प्रदेश र स्थानीय तीन वटै सरकारले किसानको लागि केही गर्न नसकेको बताए ।

स्थानीय तहहरुले पनि किसानको नाउँमा गहुँको बिउ बाँडने,स्प्रे टयाँकी बाँडने जस्ता कार्यमा भ्रष्टाचार गरिरहेको गदीको आरोप छ ।गहुँ छर्नको लागि डिएपी मलको लागि किसानहरु सहकारीमा जादा पनि सहकारीले सीमित मल मात्रै दिने गरेको छ ।

सहकारीलाई मल उपलव्ध गराउने सरकारी निकाय कृषि सामाग्री र साल्ट ट्रेडिङले नै हालसमम मल दिन नसकेकोले किसान सम्म मल पुग्न सकेको छैन ।

साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख अमोज लामिछानेले आफुहरुसित भएको मल सहकारीलाई दिदै आईरहेको जानकारी दिए ।कृषि प्रधान देश भनिए पनि नेपालमा किसानहरुलाई चाहिएकै बेलामा मल नपाउने समस्या रहदै आएको छ ।

यसपालि पनि किसानहरु गहुँ छर्नमा ब्यस्त भएकौ बेलामा डिएपी मल नपाएर छटपटाउनुपर्ने अवस्था रहेको छ ।
 

Leave a review