राष्ट्रिय जँगलबाट काठको तस्करी पर्सामा बढेको छ ।बनबाट दिन दहाडै काठ र काँचो रुख काटेर तस्करले तस्करी गर्ने गरेका छन ।
पछिल्लो दुई हप्ताको अवधिमा प्रहरीले जिल्लाको बिभिन्न स्थानहरुबाट धमाधम तस्करीको लागि बनबाट काटेर ल्याइएको काठहरु बरामद गरेको छ ।
राष्ट्रिय जँगलबाट काटेर ल्याई तस्करी गर्नको लागि लुकाएर राखिएको काठहरु प्रहरीले बरामद गरेको हो ।
उसले जिल्लाको पर्सागढी नगरपालिका,सखुवा प्रसौनी गाउँपालिका लगायतका स्थानहरुबाट बाट बरामद गरेको छ ।
राष्ट्रिय बनमा चोरी तस्करी रोक्नको लागि डिभिजन बन कार्यालयको सब डिभिजन कार्यालयहरु रहेको तथा ती कार्यालयबाट बन कर्मचारीहरु समेत छन् ।
कर्मचारीहरुकै कमजोरी र लापारवाहीका कारण राष्ट्रिय जँगलबाट काठको तस्करी भईरहेको साझेदारी बनका अध्यक्षहरुले बताएका छन ।
बन कर्मचारीहरुकै मिलेमतोमा जँगलबाट काठहरु तस्करी हुने गरेको तथा तस्करहरु पक्राउ परेपनि सामान्य जरिजवानामा छुटने गरेकाले पनि काठको तस्करी बढदै गएको गादीमाई साझेदारी वन ब्यावस्थापन समितिका अध्यक्ष सहरुम गदीले बताए ।
आफुले थुप्रै पटक काँचो रुख जँगलमा काटिएको फोटो प्रमाण डिभिजन बनमा पठाउदा समेत कारवाही नभएको उनको भनाई छ ।पर्सामा रहेको बन जँगलबाट सधै जसो काठको तस्करी हुने गरेको तथा दाउराको लागि स्थानीयहरुले पनि काँचो रुख काटने गरेका छन् ।
तस्करहरुले भने सालको रुख गोलिया बनाएर बेच्ने गरेका छन् । बनमा तस्करी रोक्ने पहिलो काम गर्ने बिन्दबासिनी कोईलाभार साझेदारी वन ब्यवस्थापन समूहका नव निर्बाचित अध्यक्ष रिजवानुल हकको भनाई छ।
काठ तस्करहरुलाई समात्न कर्मचारीहरुले सक्दैनन् ।चोरेर तस्करीको लागि ल्याइएको काठसँगै तस्करहरुलाई पनि समात्ने प्रयासमा आफुहरु लागि परेको डिभिजन बन कार्यालय पर्साका प्रमुख सुबास चन्द्र दासले साझेदारी दैनिकलाई बताए ।
वन कर्मचारीहरुले जति प्रयास गरेपनि पर्सामा रहेको बनबाट रुख काटेर तस्करहरुले काठ तस्करी गर्न भने छोडेका छैनन् ।
तस्वीरः वनबाट तस्करी भएर बरामद भएको काठ

