सरकारले यस बर्ष तोकेको उखुको मूल्य प्रति उखु किसानहरुले असहमति जनाएका छन् ।
उनीहरुले आन्दोनलमा उत्रिने बताएका छन । उखुको मूल्य कम तोकेको भन्दै किसानहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । सर्लाहीका उखु किसानहरु यस अघि देखि नै
सरकारी मूल्य प्रति असहमति जनाउदै आन्दोलनमा रहेका छन । पर्साका उखु किसानहरु पनि सरकारी मूल्य चित नबुझेको भन्दे आन्दोलनमा नै जाने बताएका छन ।
सरकारले यसअघिकै सरकार जस्तै चिनी उद्योगीको ईशारामा चलेको भन्दै आन्दालेन गर्ने बाहेकको बिकल्प नरहेको किसानहरुको भनाई रहेको छ ।
यस वर्ष भर्खरै केही दिन पहिले मात्रै सरकारले उखुको मूल्य प्रति क्विन्टल ६ सय ३५ तोकेको छ ।जसमा उद्योगीले किसानलाई पाँचसय ६५ र सरकारले अनुदान स्वरुप प्रति क्विन्टल ७० रुपैया उपलव्ध गराउने छ ।
उद्योगीले चाहेको बेलामा नै सरकारले उखु किसानको असहमतिका बाबजुद पनि उखुको मूल्य तोकेकोले काठमाडौं केन्द्रित आन्दोलनको तयारी भईरहेको उखु किसान सँघ पर्साका अध्यक्ष असर्फि साहले बताए ।
बजारमा रहेको चिनीको मूल्यको तुलनामा सरकारले उखुको मूल्य नतोकेकोले केन्द्र सित आफुहरुको कुराकानी भएको तथा चाँडै काठमाण्डौं केन्द्रित आन्दोलन शुरु हुने बताए ।उखुको मूल्य चिनी भन्दा सात गुणाले बढी तोक्नुपर्ने ब्यवस्था रहेको छ ।
सरकारले उद्योगीहरुको ईशारामा सधै त्यो भन्दा कम मूल्य नै तोक्ने गरेको साहले बताए । पर्साका किसानहरु सरकारले मूल्य नतोकेकै बेलामा उखु सुक्ने डरका कारण केही किसानहरुले चिनीमिललाई उखु बेचेको बताउदै पर्साका अहिले अधिकाँश उखु किसानहरु उखु बिक्री नगरेको जनाउछन् ।
उखुको मूल्य चित्त नबुझेको तथा त्यसमा पुनः सरकारले बिचार गर्नुपर्ने भन्दै किसानहरुले उखु रोकेर राखेको साहले बताए ।आफुले रोपेको उखु तयारी अवस्थामा भएपनि अहिले मूल्य प्रति चित्त नबुझेकोले खेतमै उखु रोकेर राखेको पर्साको जगरनाथपुर गाउँपलिकाका किसान समिम गदीले बताए ।
सरकारले तोकेको मूल्य कम भएको त्यसलाई फेरि बिचार गरेर मूल्यमा बृद्धि गर्नुपर्ने माँग गरे ।उखु खेती गर्दा समयमा मल नपाईने भएकाले उखु खेती गर्दा अहिले बर्षेनी किसानहरु घाटामा गईरहेका छन् ।
पछिल्लो समय नगदे बालीको रुपमा चर्चा बटुलेको उखु खेती अहिले आएर उधारो बालीमा परिणत भएको छ ।सरकारी रबैयाका कारण तथा उखुको मूल्य कम तोकिदै जानुले उखु किसानहरु अहिले आएर उखु छाडेर अन्य खेतीतर्फ आकर्षित हुदै गएका छन्।
जसले गर्दा पर्सा जिल्लामा पहिलेको भन्दा अहिले आधा जति किसानहरुले उखुको खेतीबाट पलायन भईसकेका छन ।

