पन्ध्र लाखको अवैध मोबाईल सहित मानिस पक्राउ

साझेदारी दैनिक
366 पाठक संख्या

बारा प्रहरीले १५ लाख रुपैयाँको अवैध मोबाइल सहित एक जनालाई बुधबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले एक प्रेस विज्ञप्ति जारी गर्दै मानिस पक्राउ परेको जनाएको हो ।

प्रहरीले भन्सार छलीको मोबाईल लुकाई छिपाई राखेको भन्ने सूचनाका अनुसार बारागढी गाउँपालिका ३ खोपवामा रुपन भन्ने रुपनारायण चौधरीको घरमा खानतलाशी गरेको हो ।

चौधरीको घरमा रितपूर्वक खानतलाशी गर्दा विभिन्न कम्पनीको ५१ थान मोबाइल, सेट,४८ थान चार्जर,व्याट्री नौ थान र मोबाईल कभर १४ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले रुपनारायण चौधरीलाई नियन्त्रणमा लिएको छ ।

Leave a review

This will close in 0 seconds