अधिकारको बारेमा जानकार नहुदा उपभोक्ता ठगिन बाध्य

राम मण्डल
380 पाठक संख्या

वीरगञ्जमा आर्थिक कारोबार बढी हुने गरेको भएपनि यहाँका उपभोक्ताहरु ठगिन बाध्य भएका छन् ।

वीरगञ्जका उपभोक्ताहरुले आफनो अधिकारको बारेमा जानकार र सचेत नभएकाले ठगिन बाध्य भएका हुन् । उपभोक्ताको अधिकारलाई सँबिधान र कानुनले नै सुरक्षित गरेको छ ।

वीरगञ्जका प्रायः उपभोक्ताहरु अधिकारको बारेमा जानकार नहुदा ठगिने गरेका छन् । गुणस्तरहीन बस्तु प्रयोग गर्न बाध्य हुने गरेका छन ।

आर्थिक नगरी भनेर चिनिएको वीरगञ्जका उपभोक्ताहरु आफनो अधिकार प्रति सचेत हुन नसकेको उपभोक्ता हितको क्षेत्रमा काम गर्ने सरोकारवालाहरुको भनाई रहेको छ ।

वीरगञ्जमा आर्थिक कारोबार बढी हुने गरेको तथा कल कारखाना बिभिन्न किसिमका ब्यापारहरु पनि बढी हुने गरेकोले यहाँ उपभोक्ताहरुको हितलाई लिएर लापारवाही हुदै आईरहेको उनीहरुले बताएका हुन् ।आर्थिक कारोबार बढी हुने स्थानमा भएका उपभोक्ताहरु पनि चनाखो नहुदा तथा आफुले प्रयोग गर्ने बस्तु र सेवाको बारेमा जानकार नहुदा ठगिने र गुणस्तरहीन बस्तु प्रयोग गर्न बाध्य हुने गरेका छन् ।

आम उपभोक्ताहरु आफुले उपभोग गर्ने बस्तु र सेवाको बारेमा जानकार तथा सचेत नभएका कारणले यहाँका उपभोक्ताहरु ठगिनु परेको उपभोक्ता हित सँरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले बताए ।

देशको कानुन र सँबिधानले नै उपभोक्ताको अधिकार सुनिश्चित गरिदिएको खण्डमा वीरगञ्जमा खुलेआम रुपमा उपभोक्ताहरुको अधिकार खोस्ने कार्य हुने गरेको छ । यसैले आफुहरु सदैब वीरगञ्ज महानगरका उपभोक्ताको हितमा लडिरहेको उपभोक्ता हित सँरक्षण मञ्च पर्साका सल्लाहकार एवम् अधिबक्ता हरिकृष्ण अधिकारीले बताए ।

वीरगञ्जमा आम उपभोक्ताहरु ठगिएको भएपनि त्यस सम्बन्धी खोजबिन नगर्ने गरेकोले यहाँ उपभोक्तालाई ठग्ने प्रबृति बढदै गएको उपभोक्ता हित सँरक्षण मञ्च वीरगञ्ज महानगरका अध्यक्ष अजित भुजेलले बताए ।उनले बिगतमा आफु एकलै भएपनि महानगरका उपभोक्ताको लागि काम गर्दै आएको उनले बताए ।

Leave a review