थारु माघी (तिला संक्रान्त) संस्कृति महोत्सव खैर्वामा सम्पन्न

रञ्जन यादव
478 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ खैर्वा खेल मैदानमा आइतबार देखि सुरु भएको थारु माघी (तिला संक्रान्त) संस्कृति महोत्सव सोमबार सम्पन्न भएको छ ।

महोत्सवमा झुमरा,झुमटा,पुर्वी,लगनी,विरहनी,सोहर गीत, हरफरौरी,सामाचकेवा,घाटो,जाट जाटीन,स्टिक र ठकारा जस्ता परम्परागत नृत्य प्रस्तुत गरिएको आयोजक समितिका अध्यक्ष अनिल चौधरीले जानकारी दिए ।

महोत्सवमा थारु कलाकार खेम चौधरी,राजीव चौधरी,सगुन चौधरी र सुनिल विश्वकर्माले आप्mनो कलाको प्रस्तुति गरेका थिए ।

कार्यक्रमको कुल अनुमानित लागत आठ लाख पाँच हजार रहेको अध्यक्ष चौधरीले बताए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ को कार्यालयको मुख्य सहयोग र थारु कल्याणकारिणी सभाको संरक्षकत्वमा सो महोत्सव आयोजना भएको हो । समापन कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुलाई मायाको चिनोले जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले सम्मान गरेका थिए ।

महोत्सवमा आयोजना गरिएको साँस्कृतिक नृत्य प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुनेहरुलाई पुरस्कृत गरिएको आयोजक समितिका दिपनारायण रायले साझेदारी दैनिकलाई जानकारी दिए ।

Leave a review