रौतहटको शिव मन्दिरमा पुजाआजा गर्न पुगेका पुर्व राजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत

साझेदारी दैनिक
1.3k पाठक संख्या

करण कुमार मिश्र/

पूर्वराजा ज्ञानेन्द्र शाहको मंगलबार रौतहटमा भव्य स्वागत गरिएको छ ।

रौतहटको गरुडा नगरपालिका-५,शिवनगर स्थित शिव मन्दिरको दर्शन तथा पुजाआजा गर्न उनी दिउँसो निर्धारित समयभन्दा एक घन्टा ढिलो करिब ३ बजे रौतहट पुगेका थिए ।

पूर्व राजा ज्ञानेन्द्र शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए।

सो क्रमामा बाटोको दुवैतर्फ बसेका समर्थकले फूलमाला लगाई स्वागत गरेका थिए । पूर्व राजा शाहले समर्थकको हातबाट माला र पुष्प गुच्छाहरु लिदै मन्दिरसम्म आएका थिए।

पूर्वराजाको स्वागतका लागि हजारौं हजार मानिसको भीड लागेको थियो। शिवनगरको शिव मन्दिर क्षेत्र सर्वसाधारणको भीडले भरिभराउ थियो। पूर्वराजा मन्दिर क्षेत्रमा आउँदा राजा आऊ देश बचाउ भनेर नारा लगाइएको थियो। साथै हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ पनि नारा गुन्जिएको थियो।

पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds