कलैया : कुटपिटको आरोप लगाउदै ब्यापारीहरुले कलैयामा विरोध प्रदर्शन गरेका छन् ।
बाराको सदरमुकाम कलैयाको मुख्य भरत चौकमा ब्यापारीहरुले सोमबार विरोध प्रदर्शन गरेका हुन् ।
उद्योग वाणिज्य संघ बाराका उम्मेदवारहरुले पसलमा गएर उम्मेदवारहरुलाई हातपात गरेको एक जना ब्यापारीले आरोप लगाएका छन् ।
कलैयाका ब्यापारीहरु यस घटनाले दुखित भएको उनीहरुले जनाएका हुन्।
आफुहरुले डर,असुरक्षित महसुस गरेको समेत उनले बताए ।
घटना आइतबार राति आफुहरु माथि आक्रमण भएको आरोप उनीहरुको हो।

