नवनिर्मित भवनको उद्घाटन एवमं हस्तान्तरण

राम मण्डल
379 पाठक संख्या

ठाकुरराम बहुमुखी क्याम्पस प्राध्यापक संघको लागि नवनिर्मित दोस्रो तल्ला भवनको उद्घाटन एवम् हस्तान्तरण कार्यक्रम बीहीबार वीरगञ्जमा सम्पन्न भएको छ ।

शैक्षिक शहिद मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साद्धारा सो भवन हस्तान्तरण गरिएको हो ।

स्व. मुकुन्दप्रसाद खनालको स्मृति दिवसको अवसर पारी ठाकुरराम बहुमुखी क्याम्पसमा एक कार्यक्रम बिच सो हस्तान्तरण भएको हो ।उक्त अवसरमा क्याम्पसका अवकास प्राप्त प्राध्यापकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

वक्ताहरुले शैक्षिक सहिद स्व.खनालले शिक्षा क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए । स्व.खनालले वीरगंज देखि गौशाला सम्मशिक्षा क्षेत्रमाआमूल परिवर्तन ल्याएको वक्ताहरुले स्मरण गरेका थिए ।

कार्यक्रममा प्रध्यापक संघका पूर्व सभापति शत्रुघन यादव, डाक्टर हरेराम यादव,कर्मचारी संघका अध्यक्ष किशोरी चौधरी, बार एशोसिएसनका अध्यक्ष कमलमोहन पोखरेल,पूर्व क्याम्पस प्रमुख,प्राध्यापक डाक्टर महेन्द्र गुप्ता,केदार प्रसाद साह, डाक्टर उमेश चौरसीयाले मन्तव्य व्यक्त गर्दै खनालको व्यक्तित्वको बारे चर्चा गरेका थिए ।

सो कार्यक्रममा अवधेश कुमार झा,प्रकाश थारु प्रतिष्ठानका अध्यक्ष प्रकाश थारु,वरिष्ठ दन्त डाक्टर मनोज उपाध्याय,नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका लगायतले मन्तव्य व्यक्त गरे ।

स्व. खनालको माइलो ज्वाई वरिष्ठ अधिवक्ता सुजित पोखरेल,माइलो छोरी अधिवक्ता मनु खनाल,कान्छो छोरी ज्वाई शैलेश रेग्मी,कान्छो छोरी उच्च अदालत विटारनगरका न्याधिश ममता खनालको विशेष उपस्थिति थियो ।

उक्त कार्यक्रममा मधेश विश्वविधालयका उपकुलपति दिपक शाक्य,प्राध्यापक संघका सभापति डाक्टर प्रमोदकुमार कुशवाहा,ठाकुरराम बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख अनीलकुमार रमन,प्रतिष्ठानका संस्थापक सल्लाहकार एवं जेठा छोरी ज्वाई प्रकाश उपाध्याय,स्व. खनालका भतिजा कमलकुमार उपाध्याय लगायतको उपस्थितिथियो ।

कार्यक्रमको अध्यक्षता शैक्षिक शहिद स्व. मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठानका सभापति श्रीमती मुना खनालको थियोे ।कार्यक्रमको प्रमुख अतिथी ठाकुरराम बहुमुखी दाता परिवारका संजय कुमार तथा शशी रंजन कलवारको रहेको थियो । कार्यक्रममा स्वागत प्राध्यापक संघका पूर्व सभापती शत्रुधन यादवको थियो ।

प्रतिष्ठानका सचिव लालबावु सिंहले कार्यक्रम संचालन गरे । द्वन्द कालमा शैक्षिक सहिद स्व. खनाललाई बाराको पिलुवामा बसमा आगो लगाएर मारिएको थियो । उनीसंगै १९ जनाको मृत्यु भएको थियो ।

Leave a review

This will close in 0 seconds