मधेस आन्दोलनका शहिद परिवारलाई सहयोग

राम मण्डल
379 पाठक संख्या

मधेस आन्दोलनमा शहिद भएका ६३ जनाका परिवारलाई प्रदेश सरकारले तीन लाख र घाईते भएकाहरुको परिवारलाई एक लाखको चेक हस्तान्तरण गरेको छ ।

वीरगञ्जमा आयोजित छैठो बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई शुक्रबार शहिद परिवार र घाईते परिवारलाई सहयोग गरिएको हो ।

प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालय अन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले शहिद परिवारलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

मधेसबादी दलको प्रदेश सरकार भएपनि मधेस आन्दोलनका क्रममा घाईते भएकाहरु तथा शहिद भएकाहरुको परिवार बिचल्ली अवस्थामा रहेको यहाँका शहिद परिवारले गुनासो रहेको थियो ।

प्रदेश सरकारले सम्मान तथा नगद बितरण गरेर भएपनि घाईते र शहिद परिवारलाई क्षतिपूर्ति दिने र उनका परिवारको आर्थिक अवस्था सुधार गर्दै जाने प्रदेशका मुख्यमन्त्री सरोज यादवको भनाई थियो ।

उनले अगामी दिनमा मधेस आन्दोलनका छुटेका घाईतेहरुलाई पनि सम्पर्कमा आउनको लागि आहवान् गरे । उनीहरुको लागि पनि उचित ब्यवस्था गर्ने आश्वासन दिएका थिए ।

उनले मधेस आन्दोलनका बेला शहिदहरुलाई ५० लाख दिने भनि आश्वासन दिइएको भएपनि अहिले सम्म नदिइएको जनाए । उनले कम्तिमा २५ लाख दिन सक्नुपर्ने कुरामा सरकारको ध्यानाकर्षण गराए ।

Leave a review