Sajhedari Daily
Latest News from Nepal

प्रदेश २ का सवै जिल्ला नाकाहरुमा अनिवार्य पिसिआर परिक्षणको व्यवस्था मिलाउन तरुण दल बाराको माग

Top Aside Banner

नेपाल तरुण दल बाराले प्रदेश नम्बर २ का सवै जिल्लाका नाकाहरुमा अनिवार्य पिसिआर परिक्षणको व्यवस्था मिलाउन माग गरेको छ ।दरुण दल बाराका जिल्ला अध्यक्ष लोकेश सिंहले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका छन ।

मुलुक यतिखेर कोरोना भाईरसको महामारीबाट आक्रान्त बनेको सर्वविदितै छ । देशको राजधानी काठमाडौमा पनि कोरोना भाईरसले सर्वसाधारणलाई नराम्रैसंग प्रभावित पारेको अवस्था छ ।

नेपालीहरुको चाडपर्व नजिकिदै गएको बेला काठमाडौबाट व्यक्तिहरु गाउँगाउँमा आउने क्रम पनि बढन थालेकोले काठमाडौ उपत्यकाबाट गाउँगाउँमा मानिसहरु आउने क्रम बढेसंगै गाउँघरमा समेत कोरोनाको जोखिम उच्च हुने तरुण दलले जनाएको छ ।

उपत्यकाबाट आउने व्याक्तिहरुको लागि प्रदेश नम्बर २ का आठवटै जिल्लामा प्रवेश गर्नु भन्दा पहिले पीसीआर परीक्षण अनिवार्य रुपमा गराउनु पर्ने व्यवस्था मिलाउन प्रदेश नम्बर २ का मुख्यमन्त्री र आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीज्युहरु संग नेपाल तरुण दल बाराले माग गरेको विज्ञप्तीमा उल्लेख छ ।

दरुण दलले काठमाडौ उपत्यकाबाट आउने व्यक्तिहरुले पीसीआर परीक्षण गरेरनगरेको जाँच गर्ने व्यवस्था मिलाउन र पीसीआर परीक्षण अनिवार्य गराउन प्रदेश सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।

यसैगरी प्रदेश नम्बर २ का पालिकाहरुमा पनि काठमाडौ उपत्यकाबाट आउने व्यक्तिहरुको विवरण राख्ने व्यवस्था मिलाउन समेत प्रदेश सरकारको ध्यानाकर्षण गराउद छौ विज्ञप्तीमा भनिएको छ ।