धिरेन्द्र पनुहर
बाराको कोल्हवी वडा नम्बर ४ सपहीमा रहेको नेपाल राष्ट्रिय माबि ४७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस शनिवार बिधालयको प्राङ्गणमा एक कार्यक्रमकाबिच सम्पन्न भएको छ ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद सिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले पानसमा बति बालेर कार्यक्रमको उदघाट्न गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि समेत रहनु भएका रामप्रसाद चौधरीले यो बिधालयमा पहिले टिनको छानो हुँदा शिक्षाको गुणस्तर राम्रो थियो तर अहिले बिद्यालयको भवन राम्रो हुँदा शिक्षाको गुणस्तर कमजोर भएको बताउनुभयो ।
उहाले आउदो दिनमा यस बिद्यालयलाई नमूना बनाउन सम्पुर्ण शिक्षकहरुलाई आ आफ्नो जिम्मेवारी निष्टापुर्वक बहन गर्न निर्देशन दिनुभयो।
नगरपालिकाले शिक्षामा गरेको लगानी अनुसार परिणाम नआउदा दुख व्यक्त गर्नु हुँदै शिक्षाको गुणस्तरलाई चेक गर्न नगरपालिकाले कक्षा ८ को परिक्षा नगर स्तरीय गरिएको र अब आउदो दिनमा कक्षा ५ को परीक्षा पनि नगर स्तरीय गर्ने नगरप्रमुख चौधरीको बताए ।
कार्यक्रममा प्रतिवेदन बिालयको प्रधानाध्यापक भुनेश्वर चौधरीले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा कोल्हवी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिष्णु मैनाली,बिद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्षहरु तपेश्वर राय थारू, जयमङ्गल चौधरी,पुर्व प्रधानाध्यापक ज्ञानराज पुडासैनी,सपही कलेजका क्याम्पस सभा अध्यक्ष केवल प्रसाद चौधरी,सपही कलेजका प्रमुख दिनेश अधिकारी,कोल्हवी नगरपालिका वडा नम्बर ३ का वडा सदस्य रामदयाल चौधरी,समाजसेवी भेषबहादुर ढकाल,ढुन्डीराज उप्रेती,नारायण अधिकारी,गणेश मैनाली,शंकर मैनाली,इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख भोलामान सिंह अधिकारी स्थानीय पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य बिद्यालय ब्यवस्थापन समिति सदस्य हरिनारायण चौधरीले गर्नु भएको थियोे भने कार्यक्रमको सन्चालन तुलसी ढकालको रहेको थियो ।

