निजी क्षेत्रसंग सहकार्य गरेर सरकार अगाडी बढछ –प्रधानमन्त्री प्रचण्ड

रञ्जन यादव
328 पाठक संख्या

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताएका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा स्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन भ्रमण पश्चात् उनले यस्तो बताएका हुन् ।

उनले स्थानीय व्यवसायीसँग सोमबार अन्र्तक्रिया गरेका हुन् । उनले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउनेमा स्थानीयलाई विश्वास दिलाए । निजी क्षेत्रलाई संलग्न नगराई सेज परियोजना सफल हुँदैन उनले भने ।

सरकार निजी क्षेत्रको साथमा छ उनले भने । रुग्ण उद्योग सञ्चालन हुन्छन्,उनले भने । विशेष आर्थिक क्षेत्रलाई महत्व दिएर निजी(सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ उनले भने ।सेजले उत्पादन र निर्यात प्रवर्द्धनमा सहयोग पुर्‍याइ देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।

यस पछि वीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बन्द रहेका ती उद्योग निजी सार्वजनिक साझेदारी अवधारण अनुरुप सञ्चालन गर्ने निर्णय गरेको जनाएका छन् । अबको एक हप्ता वा १० दिन भित्रमा त्यसको परिणाम आई नै हाल्छ,तपाई सबैले थाहा पाईहाल्नु नै हुनेछ उनले भने ।

कतिपय उद्योगहरु नेपाली सेनाले सञ्चालन गर्ने छ भन्दै उनले कतिपय निजी कम्पनीले चलाउने गरी तयारी भइरहेको जानकारी दिए । जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको उनले उल्लेख गरे । प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी,जनता केन्द्रित बनाउने स्पष्ट गरे ।

नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुने उनले व्यक्त गरे । क्रान्ति नै गर्न खोजिएको छ, यसको पक्षमा जनमत निर्माण गर्न उनले अपिल गरे । आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामूखि नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ’आमुल सुधार’ गरिने विश्वास दिलाए ।नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि रायसुझाव लिइने बताए ।

नयाँ तबरले सरकार अगाडि बढ्ने उनले बताए । जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको उनले उल्लेख गरे । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी,जनता केन्द्रित बनाउने स्पष्ट पारे ।

नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुने जनाउदै उनले यसमा क्रान्ति नै गर्न खोजिएको जनाए ।यसको पक्षमा जनमत निर्माण गर्न उनले अपिल गरे । आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामूखि नीति,कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गरे ।

लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ’आमुल सुधार’ गरिने विश्वास दिलाए । नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि रायसुझाव लिइने उनले बताए । नयाँ तबरले सरकार अगाडि बढ्ने उनले बताए ।

पुराना योजना पूरा नहुँदै नयाँ योजना निर्माण गर्ने प्रवृत्तिलाई निराकरण गर्ने योजनामा सरकार रहेको उनले उल्लेख गरे । प्रधानमन्त्री दाहालले आवश्यक योजना बनाएर बजेट निर्माण गर्नेगरी सरकार अगाडि बढेको जनाए ।सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध सशक्त कदम चालेको उनले जनाए ।

प्रधानमन्त्रीले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेट्ने महत्वपूर्ण कार्य सरकारले गरेको जानकारी दिए ।वीरगञ्जमा आयोजित कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा जुगलको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटा,उपमहासचिव तथा पुर्वमन्त्री मातृका यादव, केन्द्रीय सदस्य लिलामणि पोखरेल लगायत नेताले सम्बोधन गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले प्रेस सेन्टर नेपालको उत्कृष्ट प्रदेश,उत्कृष्ट जिल्ला र उत्कृष्ट पत्रकारहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

Leave a review