तेस्रो मनहर्वा गोल्डकपको उपाधी वीरगन्ज युनाइटेडलाई

साझेदारी दैनिक
361 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वामा जारी तेस्रो मनहर्वा गोल्डकपको उपाधी वीरगन्ज युनाइटेड क्लबले हात पारेको छ ।

मौवादेवी खेल मैदानमा शनिबार भएको अन्तिम खेलमा रिगल हेटौंडा रिसोर्टलाई २–० ले पराजित गर्दै वीरगन्ज युनाईटेडले जीत हात पारेको हो ।

वीरगन्जका लागि बिशाल खड्का र अमर डंगोलले समान एक÷एक गोल गर्दै जीत सुनिचिश्त गरेका थिए । खेलको ३५ औं मिनेटमा बिशालको गोलबाट अग्रता लिएको वीरगन्जका लागि फेरी खेलको ८८ औं मिनेटमा अमरले दोस्रो गोल गर्दै जीतलाई सफलता मिलेको थियो ।

प्रतियोगिता निकै प्रतिस्पर्धात्मक देखिएको थियो । उपविजेता बनेको हेटौडा रिगलले धेरै राम्रा अवसर बनाएपनि सदुपयोग गर्न सफल नहुदा हार व्यर्होनु परेको थियो ।

मनहर्वा गोल्डकपको तेस्रो संस्करणमा उपाधी कब्जा गर्न सफल भएको विजेता वीरगन्ज युनाईटेडलले नगद दुई लाख नगद हात पारेको छ । यस्तै प्रतियोगितामा दोस्रो बनेको उपविजेता हेटौंडा रिगलले नगद एक लाख प्राप्त गरेको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी वीरगन्जका अमर डंगोल घोषित भए । अमरले सर्वाधिक गोलकर्ताको पुरस्कार पाएका छन । यस्तै उत्कृष्ट गोलरक्षक वीरगन्जका दिलमण चौधरी,उत्कृष्ट डिफेन्स विकास चौधरी,उत्कृष्ट प्रशिक्षक राजकिशोर धामीले घोषित भए भने हेटौंडाका सुजल गुरुङ भने उत्कृष्ट मिडफिल्डरको रुपमा पुरस्कृत भए । शनिवारको फाइनल खेलको म्यान अफ दि म्याच वीरगन्जका सागर चौधरी घोषित भएका छन् ।

प्रतियोगिता अन्तरको उदयीमान खेलाडी आयोजक मौवादेवीका शिवकुमार सुवाल घोषित भ एभने प्रतियोगिताको फेयर प्लेको उपाधी स्वय आयोजक मौवादेवीले नै प्राप्त गरेको हो ।

प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल,वडा नं. १८ का अध्यक्ष चतुरबाबु वाग्ले,वडा नं. १४ की अध्यक्ष चयन गुरुङले संयुक्त रुपमा पुरस्कार वितरण गर्नु भएको थियो ।

यसैवीच समापन समरोहलाई सम्बोधन गर्दै नगरप्रमुख पौडेले विद्यालय तहमा हुने लगानीले खेल क्षेत्रको विकासमा टेवा पुग्ने बताएका छन । अहिले खेल क्षेत्रमा ठुलो लगानी भएपनि प्रतिफल सन्तोषजनक हुन नसकेको भन्दै नगर प्रमुख पौडेलले विद्यालय स्तरमै लगानी गर्न जरुरी रहेको बताए । उहाले उपमहानगरपालिकाले यो बर्ष झण्डै दुई करोड ५४ लाख रुपैया खेलकुद क्षेत्रमा लगानी गरेको जानकारी गराएकाछन ।

प्रतियोगिता समापन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष हिराबहादुर गुरुङ,वडा नम्बर १६ का वडअध्यक्ष हरीदेव खरेल,युवा नेता धु्रब यादव लगायतको समेत उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds