चार दिनदेखि सडकमै राखिएको सरस्वतीको मूर्ति विसर्जन

साझेदारी दैनिक
313 पाठक संख्या

रौतहटमा चार दिनदेखि सडकमै राखिएको सरस्वतीको मूर्ति पोखरीमा लगेर सोमवार सेलाइएको छ। सबैको सहमतिमा शान्तिपूर्ण रुपमा सरस्वतीको मूर्ति बिसर्जन गरिएको हो ।

जिल्लाको ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रवार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ दुई पक्षबिच झडप भएको थियो।

सोमबार सबै पक्षको सहमतिमा शान्तिपूर्ण रुपमा मूर्ति बिसर्जन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले बताईन ।

विवाद उत्पन्नका कारण सोमबार जिल्ला समन्वय समितिको कार्यालयम भएको सहमतिबाट मूर्ति बिसर्जन भएको गिरीले बताइन्। मूर्ति सेलाउने विषयमा विवाद भई स्थित तनावग्रस्त भएपछि ईशनाथ नगरपालिकाको ६ वटा वडामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउनु परेको थियो ।

Leave a review