बारामा चार्जमा राखिएको ई–रिक्सा निकाल्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

साझेदारी डेलि
77 पाठक संख्या

बारा । बाराको विश्रामपुर गाउँपालिका–२ कान्तिपुर टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ४५ वर्षीय शर्मा पटेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार दिउँसो करिब ४ बजे आफ्नै घरअगाडि चार्जमा राखिएको मधेस प्रदेश ०३–०२ ह २३६८ नम्बरको ई–रिक्सा चार्जबाट निकाल्ने क्रममा पटेललाई बायाँ हातमा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि एलएस न्युरो अस्पताल, बारामा लगिएको थियो।

अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गरी उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे अस्पतालबाट साँझ करिब ६ः०४ बजे इलाका प्रहरी कार्यालय छतवामा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए । उनका अनुसार पोस्टमार्टमपछि मृतकका भाइ अमोद पटेलले शव बुझेर लगेका छन्।

Leave a review