विष्फोटमा परी मर्नेको संख्या तीन,तीन घाइतेको उपचार जारी,दुई पक्राउ

संदिप प्रसाद यादव
486 पाठक संख्या

बाराको निजगढमा गाडी मर्मत गर्ने (कारखाना) ग्यारेजमा सोमबार भएको विष्फोटमा परी मर्नेको संख्या तीन पुगेकोे छ ।

यो संगै विस्फोटमा परी दुई जनाको मृत्युको पुष्टि प्रहरीले गरेपछि मर्नेको संख्या तीन पुगेको हो । विष्फोटबाट पाँच जना घाईते भएका मध्ये थप दुईको मृत्यु भएको हो । घटनाको अनुसन्धानको क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मृत्यु हुनेमा भारत गवाई वस्ने ३५ वर्षीय राकेश जैसवाल र पर्साको वीरगंज महानगरपालिका वडा नं.९ बस्ने अन्दाजी २० वर्षीय रितु रजत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाएका हुन् ।

यस अघि विस्फोटमा परी निजगढ नगरपालिका वार्ड नम्बर ५ मा बस्ने अन्दाजी ४५ वर्षीय रोहित वर्कशपका सञ्चालक रेशम मगरको मृत्यु भएको थियो ।

बयोधा अस्पताल वीरञ्जमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रनाऊ न्यौपानेले बताए ।

घाइते हुनेमा निजगढ नगरपालिका वार्ड नम्बर –५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापा,पर्सा,वीरगंज महानगरपालिका वडा नं.९ बस्ने अन्दाजी ३४ वर्षीय फिरोद देवान र भारत रामघडवा बस्ने अन्दाजी २० वर्षीय अरविन साह रहेका छन् ।

थापाको सामुदायिक प्रसुति गृह अस्पताल निजगढमा उपचार भइरहेको छ । अन्य घाइतेको वीरगंजमा रहेको वयोधा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यसैविच प्रहरीले विस्फोटको अनुसन्धान गर्ने क्रममा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा कवाडी किन्ने भारतको मोतिहारी बस्ने अन्दाजी ४० वर्षीय राज भन्ने रमेश जैसवाल र कवाडि बेच्ने बाराको निजगढ नगरपालिका ९ बस्ने २९ वर्षीय टिकाराम पाख्रिन रहेका छन् ।

घटनाको बारेमा थप अनुसन्धान तथा सोधपुछ कार्य जारी रहेको प्रवक्ता न्यौपानेले बताए । शंकास्पद वस्तु विस्फोट भएको भन्दै अनुसन्धान भइरहेको छ । सोमबार बारा प्रहरीले सिलिण्डर विस्फोट भएको जनाएको थियो ।

Leave a review