बाराको करैयामाई गाउँपालिका वडा नम्बर १ को मधुवनमा मंगलवार तामागढी बचत तथा ऋण सहकारी संस्थाद्धारा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन करैयामाई गाउपालिका वडा नम्बर १ वडाअध्यक्ष सोनालाल साहले गर्नुभएको थियो । कार्यक्रममा तामागढी साकोसको नयाँवस्ती सेवा केन्द्र अन्तरगतका ५८ जना सदस्य एवम् व्यावसायीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहकारीका मुख्य प्रबन्धक बासुदेव रिमालले सहभागिहरुलाई सदस्य शिक्षाका वारेमा सहजीकरण गराउनु भएको थियो ।
नयाँवस्ती सेवाकेन्द्र उपसमितिका संयोजक विशु थापाको अध्यक्षताम भएको उक्त सदस्य शिक्षा कार्यक्रममा उपसमिति सदस्य राकेश साह, शाखाकी प्रमुख सरस्वती खनाल लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी सहकारीले खोपवा सेवा केन्द्र अन्तरगत बारागढी गाउँपालिकाको वडा नम्बर २ विशुनपुर्वामा पनि मंगलवार विहान सदस्य शिक्षा कार्यक्रम संचालन गरेको छ ।
शिक्षा समितिका संयोजक रमादेवी चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सेवाकेन्द्र संयोजक राजकुमार चौधरी,शाखा प्रमुख नगनारायण चौधरी लगायतको उपस्थिति रहेको सहकारीले जनाएको छ ।
करिब ६१ जना सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रममा पनि मुख्य प्रबन्धक रिमालले सहजीकरण गर्नुभएको सहकारीले जनाएको छ ।

