पत्रकारहरुसंग कुष्ठरोग एवं सुरक्षा संरक्षण अभिमुखीकरण सम्पन्न

साझेदारी दैनिक
426 पाठक संख्या

कुष्ठरोग एवं सुरक्षा संरक्षण सम्बन्धी बाराका पत्रकारहरुसंग एक दिने अभिमुखीकरण कार्यक्रम बाराको सिमरामा बुधवार सम्पन्न भएको छ ।

आईरिस एडको आर्थिक सहयोग तथा द लेप्रोसी मिसन नेपालको आयोजना उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखिकरण कार्यक्रममा डा. प्रकाश पौडेलले छाला तथा सतहमा असर गर्ने ब्याक्टेरीया शरिर प्रवेश गरेपछी कुष्ठरोग रोग लाग्ने बताएका छन ।

कार्यक्रममा डा. पौडेल छालामा रातो वा फुस्रो रंगको दाग देखा परेमा , अनुहारको छाला र कानको लोती बाक्लो र चम्कीलो देखिएमा, शरिरका विभिन्न भागमा गिर्खा देखिएमा कुष्ठरोग शंका गर्न सकिने बताएका छन ।

उहाले रोगीले सास फेर्दा, बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा कुष्ठरोग अरु मानिसलाई सर्नसक्छ । रोगीको श्वास प्रश्वासको माध्यमबाट अन्य मानिसमा सर्ने कुष्ठ रोग लागेमा मानिसलाई अंगभंग बनाईदिन्छ । शरिरका विभिन्न भागमा नचिलाउने खालका लाटाफुस्रा दाग धब्बा देखिएमा तुरुन्त स्वास्थ्य संस्था जानु पर्ने डा. पौडेलले बताए ।

कार्यक्रममा दि लेप्रोसी मिसन नेपालका जिल्ला सहजकर्ता रामहरी रेग्मीले कुष्ठरोगको सुरक्षा संरक्षण सम्बन्धी रोगको अवस्था, रोकथामका उपाय, रोगबाट बच्ने उपायका वारे चर्चा गरेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय बाराका क्षयकुष्ठ अधिकृत शम्भुलाल कर्णले पत्रकारहरु देशको चौथो अङ्ग भएकोले पत्रकारहरुलाई नै कुष्ठ रोग सम्बन्धी समुदायमा जनचेतना संदेश प्रवाह गर्ने उदेश्यका कार्यक्रमको आयोजना गरिएको बताए ।

कर्णका अनुसार आर्थिक बर्ष २०७९।०८०का अनुसार देशभरीमा २ हजार ५२२ जना कुष्ठरोगी छन् । बारा जिल्लामात्रै ६३ जनामा यो संक्रमण पाईएको छ, भने जिल्लाको पचरौता नगरपालिकामा सबैभन्दा धेरै ९ जना रोगी रहेको कर्णले बताए ।

Leave a review

This will close in 0 seconds