पचहत्तरी लाख सत्तरी हजार बराबरको अबैध सामान प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
377 पाठक संख्या

बारा प्रहरीले ७५ लाख ७० हजार एक सय ५७ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिइएको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत रहेको ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलिले गाडिहरूलाई रोकी चेक जाँच गर्दा विल विजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको सो मूल्यको सामान बरामद गरेको हो ।

समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा प्रहरीले दाखेल गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंज,बाराबाट खटेको टोलिले बारा, जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंजस्थित वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ५ ख ७९४७ नं.को मिनि ट्रकमा लोड गरेको सामान बरामद गरेको हो ।

प्रहरीले कस्मेटिक सामान,कपडा,औषधि र अन्य किराना आईटम गरी ३६ लाख ८७ हजार १७ रूपैयाँ बराबरको बिल भन्दा बढि स्रोत खुलाउन नसकेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी पथलैया,बाराले जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैयास्थित वीरगंजबाट रूपन्देही तर्फ जादै गरेको ना.३ ख ६९५९ न.कोट्रकमा लोड गरेको कपडा, औषधि,चेकलेट र अन्य किराना आईटम गरी ३८ लाख ८३ हजार एक सय ४० रूपैयाँ बराबरको बिल भन्दा बढि स्रोत खुलाउन नसकेको सामानहरू प्रहरीले बरामद गरेको छ।

Leave a review

This will close in 0 seconds