बाराका आठ जना प्रहरी निरीक्षकको सरुवा

संदिप प्रसाद यादव
500 पाठक संख्या

बारा । बाराका आठ जान प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको बुधबारको निर्णय अनुसार असार महिनादेखीको तलब,भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरि बाराका आठसहित ५०९ जना प्रहरी निरीक्षकहरुको सरुवा/काज भएको हो ।

ईलाका प्रहरी कार्यालय बारागढीका प्रहरी निरीक्षक कुसुम नायकको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय पिलर १ हत्या राज्य विरुद्धको अपराध,मानववेचविखन,लागू औषधमा सरुवा भएको छ । भने उनको स्थानमा लागू औषध नियन्त्रण ब्युरो सूचना संकलन तथा सुराकी शाखा कोटेश्वर, काठमाडौका प्रहरी निरीक्षक सविन कुमार कार्कीको सरुवा भएको हो ।

त्यस्तै ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची मानवश्रोत व्यवस्थापन शाखामा सरुवा भएको छ । भने उनको स्थानमा जिल्ला प्रहरी परिसर भक्तपुर मानवश्रोत व्यवस्थापन शाखाका प्रहरी निरीक्षक दाताराम अधिकारीको सरुवा भएको हो ।

ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेपाल प्रहरी विपद प्रतिकार्य तथा तालीम केन्द्र विपद उद्दार कार्यदल २ सामाखुशी काठमाडमा सरुवा भएको छ । भने उनको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय प्रहरी महाशाखा,टगाल वा मातहतका प्रहरी निरीक्षक सुमन लामाको सरुवा भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दिपक केसिको प्रहरी वृत्त सातदोबाटो ललितपुरमा सरुवा भएको छ । भने उनको स्थानमा जिल्ला प्रहरी कार्यालय प्युठान मानवश्रोत व्यवस्थापन शाखाका प्रहरी निरीक्षक हरि भट्टराईको सरुवा भएको हो ।

त्यसैगरी जिल्ला सशस्त्र प्रहरी गुल्म बाराका दिलिप कुमार थापाको प्रहरी वृत्त किर्तिपुर,काठमाडौ अपराध नियन्त्रण शाखामा सरुवा भएको छ । भने उनको स्थानमा जिल्ला प्रहरी कार्यालय सिन्धुली अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका प्रहरी निरीक्षक बिमल खतिवडाको सरुवा भएको हो ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक पवन पर्छाईको लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाके सरुवा भएको छ । भने उनको स्थानमा मधेस प्रदेश प्रहरी गण गुल्म जनकपुर धनुषाका प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको सरुवा भएको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक रन्जन मिश्रको नेपाल प्रहरी प्रदेश कार्यालय अन्वेषण योजना शाखा बिरगंज पर्सामा सरुवा भएको छ । भने उनको स्थानमा इलाका प्रहरी कार्यालय अनारमनी,झापाका प्रहरी निरीक्षक बुद्धिमान चोङवाङको सरुवा भएको हो ।

जिल्ला प्रहरी कार्यालय बारा मानवश्रोत व्यवस्थापन शाखाका प्रहरी निरीक्षक सुरेश राज भट्टको प्रहरी वृत्त सातदोबाटो ललितपुर सरुवा भएको छ । भने उनको स्थानमा जिल्ला प्रहरी कार्यालय तेह्रथुम अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका प्रहरी निरीक्षक राजाबाबु ठाकुरको सरुवा भएको हो ।

त्यस्तै नेपाल प्रहरी प्रदेश कार्यालय पोलिग्राम एकाई बिरगंज पर्सा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक दिपेन्द्र कुमार यादवको मधेस प्रदेश प्रहरी गण जनकपुर धनुषामा सरुवा भएको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवाकर गणेशको बढुवा खालिको कारण इलाका प्रहरी कार्यालय पटेर्वा पथरी पर्साका प्रहरी निरीक्षक प्रकाश थापाको ईलाका प्रहरी कार्यालय सिमरामा भएको छ । जिल्ला प्रहरी कार्यालय बारा शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखाका प्रहरी निरीक्षक खेम प्रसाद नेपालको स्थानमा बागमती प्रदेश प्रहरी गण हेटौंडा,मकवानपुरका प्रहरी निरीक्षक हुमानन्द खनालको सरुवा भएको छ ।

Leave a review

This will close in 0 seconds