आफु प्रहरीको घुमुवा भन्दै असुली र चन्दा आतंक मचाउदै साह

साझेदारी दैनिक
565 पाठक संख्या

प्रस्तुत तस्वीरमा देखिएका व्यक्ति यतिखेर विभिन्न व्यक्ति बाराका विभिन्न स्थानमा चन्दा असुली आतंक मचाउने कार्यमा व्यस्त छन ।

यी व्याक्ति बारा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ७ कोतवाली निवासी जितेन्द्र साह रहेको बुझिएको छ ।

उनी आफुलाई जिल्ला प्रहरी कार्यालय बाराको घुमुवा प्रहरी हु भन्दै असुली गर्न व्यस्त छन । साहले जिल्ल्ला विभिन्न व्यक्ति,आमजनता,उद्योगी,व्यवसायीसंग घुमुवा प्रहरीको नाउमा रकम असुल्ने गरेको स्रोतले बताएको छ ।

आफू जिल्ला प्रहरी कार्यालय बाराको घुमुवा हु भन्दै ससाना ब्यापारी देखि आमजनतालाई समेत विभिन्न मुद्दामा फसाई दिने भन्दै चंदा आतंक मचाएका साहले समग्र प्रहरी प्रशासन कै बदनाम गराउन तल्लिन छन् ।

नक्कली घुमुवा साहले सानो तिनो व्यापार गर्नेहरुसँग पैसा माग्ने गरेको र पैसा नदिए अनावश्यक दुःख दिने गरेको नाम नछापने सर्तमा एक व्यापारीले साझेदारी दैनिकलाई बताएका छन ।

उनले तस्करहरुदेखी व्यापारीहरुलाई बढि दुख दिने गरेका छन । कपडाको व्यापार गर्ने एक जना व्यापारीसँग नक्कली घुमुवा साहले महिनावारी रुपमा रकम असुली गरेको खुलासा गरेका छन ।

नक्कली घुमुवा साहको आतंकका कारण सानोतिनो व्यापार गरी गुजारा चलाउनेहरुलाई बढि समस्या हुन थालेको गुनासो बढेको छ । पछिलो समय नक्कली घुमुवा साहको यस्तो गतिविधिका कारण बारा प्रहरी समेत बदनाम हुँदै गएको छ ।

प्रहरीले अपराधि पत्ता लगाउनका लागि सिभिल ड्रेसमा सूचना संकलन गर्ने कार्यका लागि घुमुवा प्रहरी राख्ने गरिन्छ । तर यहाँ नक्कली घुमुवा साहले ठिक त्यसको विपरीत गएर रकम असुली,चन्दा आतंक मचाई रहेका छन ।

सानोतिनो व्यापार गरी गुजारा चलाउने व्यापारी तथा सर्वसाधारणसँग पैसा माग्ने,अपराधीहरुसंसँग मिलेर रकम लेनदेन गर्ने गरेको स्रोतले खुलाएको छ।

उनले विशेषगरी अनुचित लेनदेन मिटरब्याज संलग्न व्याक्तिहरुसंग पनि पैसा माग्ने तथा अन्य केशमा पनि पैसा लिएको भरमा मुदा दर्ता गराउने गरेको जन गुनासो बढेको छ ।

नक्कली घुमुवा साह दिनहुँ जसो जिल्ला प्रहरी कार्यालय परिसरमा समय विताउने र प्रहरी कार्यालयको अपराध,अनुसन्धान(मुद्दा) शाखामा दिनभरी बसेर मुद्दा मिलाउने देखि पैसाको भरमा विभिन्न मुद्दा दर्ता गराउने कार्यमा व्यस्त देखिएको स्रोतले जानकारी दियो ।

साहले जिल्ला प्रहरी कार्यालय अपराध,अनुसन्धान (मुद्दा) शाखाका केही अधिकारीहरुसंग साँटघाट गरिरे यस्तो कार्यमा लागेको बुझिएको छ । प्रहरी मेरो साथीको नारा लगाउदै नथाक्ने समग्र नेपाल प्रहरी यी र यस्ताका कारण दिन दिनै जनताको नजरबाट गिर्दै गएको कलैयाका एक अधिकारकर्मीको भनाई छ ।

यता नक्कली घुमुवा साहको वारेमा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने प्रतिकृया लिदा उहाले हाम्रो जिल्लामा एकजना पनि घुमुवा प्रहरी नभएको बताएका छन । यदी कसैले यसरी प्रहरीलाई बद्नाम हुने गरी चन्दा असुली गरेको पाईए कानुनी कारवाही गरिने प्रबक्ता न्यौपानेले बताए ।

उनले अपराध अनुसन्धान शाखामा सादा पोसाकका प्रहरीहरु खटिन्छन तर सिभिल तथा क्राईममा काम गर्ने प्रहरी टोलीमा कोही पनि घुमुवा प्रहरी नभएको प्रवक्ता न्यौपानेले बताए ।

कोही व्याक्ति वा प्रहरी,कर्मचारीले त्यस्तो गरेको प्रमाण सहित भेटियो भने तुरुन्त प्रहरी नियमावली अनुसार कारवाही गर्ने प्रवक्ता न्यौपानेको भनाई छ ।

गृहमन्त्रालयमा नयाँ गृहमन्त्रीको आगमन संगै यी र यस्ता बिचौलियाहरु सफाया हुने विश्वास गरिएपनि सो अनुसार हुने नहुने हेर्न बाकी नै छ ।

आफू लाई घुमुवा प्रहरी भन्ने जितेन्द्र साहसंग यसबारे बुझन पटक पटक सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

Leave a review

This will close in 0 seconds