जीतपुर : बाराको जीतपुरमा आयोजना भएको ५१ कुण्डीय बेदमाता गायत्री महायज्ञको आईतबार एक कार्यक्रमवीच समापन भएको छ ।
जीतपुर स्थित बंगाली बाबा युग धर्मआश्रम भएको महायज्ञ फागुन १५ गतेदेखि १८ गते सम्म चलेको थियो । महायज्ञमा पहिलो दिन कलश यात्रा र त्यसपछि हरेक दिन हवन र संगितमय प्रज्ञा प्रबचन भएको मुल आयोजक समितिका अध्यक्ष सन्तोष कुश्वाहाले जानकारी दिए ।
समापन कार्यक्रमको प्रमुख अतिथि बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य तथा पुर्ब मन्त्री कृष्ण कुमार श्रेष्ठ( किसान) ले धर्मले सधै असल मार्गमा हिड्ने पाठ सिकाईरहेको बताउँनुभएको छ । हिन्दु धर्म एक सनातन धर्म भएकाले यसले अरु धर्मका अनुयायीहरुप्रती सम्मान प्रकट गर्न पनि सन्देश दिईरहेको बताए।
जीतपुरबासीहरु सबै एकजुट भएर सम्पन्न गरेको माहायज्ञ सबैकोलागि अनुकरणीय भएको बताए । उनले अगामी दिनमा सबैको सहयोगले १०८ कुण्डीय महायज्ञ हुने उदघोष गरे ।
मुल आयोजक समिती जीतपुरसिमरा हिन्दु समाज गायत्री महायज्ञ समितीका अध्यक्ष कुश्वाहाले महायज्ञ सफलता पुर्बक सम्पन्न गर्नमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यबाद दिएका थिए ।
समापन कार्यक्रममा महायज्ञमा योग्दान दिने ब्यक्तिहरुलाई प्रशंसा तथा कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी एस.एस. पटेलले गरेका थिए । महायज्ञको हरेक दिन निशुल्क भण्डारा(भोजनालय) सञ्चालन गरिएको थियो ।

