नवराज चौलागाईं/
युथ अफ निजगढले निजगढका फुटबलरहरुलाई सम्मान गरेकोछ । युथ अफ निजगढले वार्षिक रूपमा आयोजना गर्ने प्री होलि कन्सर्टको १० औं संस्करणको अवसरमा शनिबार आयोजित कार्यक्रममा निजगढ बाट प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमका सिनियर तथा जुनियर पुरुष र महिला फुटबल खेलाडीहरुलाई सम्मान गरेकोहो ।
नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य समीर तामाङ लगायत विभिन्न उमेर समूको नेपाली राष्ट्रिय फुटबल टोलिबाट खेल्ने जन्मेजय धामी,हिमेश माझी,करुणा बुढाथोकी र दिलमाया घिसिङलाई सम्मान गरेकोहो ।
कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले खेलाडिहरुलाई सम्मानपत्र प्रदान गर्नुभएकोथियो । छोटो समयमै निजगढ बाट फुटबल खेलाडीहरु उत्पादनमा वृद्धि भईरहेकोले फुटबलर सम्मानले अन्य खेलाडीहरुलाई समेत हौसला बढाउन सहयोग पुग्ने युथ अफ निजगढका सल्लाहकार भाईकाजी श्रेष्ठले बताउनुभयो ।
निजगढ फुटबल क्लबले निरन्तर संचालन गरिरहेको ग्रासरुट फुटबल प्रशिक्षणको कारण निजगढमा फुटबल खेलाडीहरुको उल्लेख्य मात्रामा उत्पादन भईरहेकोछ ।

