धिरेन्द्र पुनहर/
करैयामाईमा प्रथम करैयामाई गोल्डकप प्रतियोगिता सुरु भएको छ ।
श्री नव जन प्रगती युवा क्लब करैयामाई गाउँपालिका वार्ड नम्बर ७ उमजनद्वारा संचालित प्रथम करैयामाई गोल्डकपको उदघाटन समारोह एक कार्यक्रमकोबिच शनिबार सम्पन्न भएको हो ।
उदघाटन समारोहको खेल जनशक्ति क्लब कोल्हवी र बिरगंज सिटि क्लब बिरगंज पर्साको बिरुद्ध प्रतिस्पर्धा भएको थियो।
सो उदघाटन खेलमा निर्धारित समयमा दुबै टिमले १– १ गोल गरी खेललाई बरवारी गरे पछी टाईब्रेकरबाट नतिजा निकालिएको थियोे ।
टाईब्रेकरमा बीरगंज सिटी ३ को बिरुद्ध ४ गोलले बिजयी भएको हो।प्रतियोगिताको बिजेता टिमले नगद रु पचास हजार शिल्ड मेडल र प्रमाणपत्र र उपबिजेता टिमले नगद रु पचिस हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
उक्त प्रतियोगितामा बिरजंग सिटी क्लब पर्सा, बीरगंज यूनाईटेड क्लब बीरगंज,जन शक्ति क्लब कोल्हबी ,न्यू जन जागृति युवा क्लब निजगढ़,रोयल स्टार जन ज्योति युवा क्लब गुजरा रौतहट,ज्वाला दल गण कलैया,सशस्त्र ए पि एफ बर्दिबास महोतरी र आयोजक क्लब गरी ८ वटा टिमहरुको सहभागिता रहको आयोजकले जनाएको छ ।
शनिबार खेलको रेफ्रीको भुमिकामा दिलमनी चौधरी,फस्ट असिस्टेंटमा सुनिल चौधरी र सेकेण्ड असिस्टेंटमा राजाराम चौधरी रहनु भएको थियो भने फोर्थ अफिसिअलमा काजी चौधरी रहनु भएको थिए ।
प्रतियोगिता अन्तर्गत आइतबार बिरगंज युनाइटेड र न्यु जन जागृती युवा क्लब निजगढको विरुद्ध खेल हुने आयोजक क्लबका सचिव गोपाल चौधरीले जानकारी दिए ।
उक्त प्रतियोगिताको मिडिया पार्टनर रेडियो पातालगंगा १०६.१ मेगाहर्ज कोल्हबी बारा रहेको छ ।
क्लबका अध्यक्ष रुपनारायण यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि करैयामाई गाउँ पालिकाका अध्यक्ष शम्भु प्रसाद यादव,विशिष्ट अतिथीमा करैयामाई गाउँपालिका कि उपाध्यक्ष सुनैना देवि चौधरी,नेकपा एस बाराका जिल्ला अध्यक्ष बिजेन्द्र चौधरी,वाड न ७ का अध्यक्ष बृज चौधरी,५ का अध्यक्ष उमेश चौधरी,करैयामाई गाउँपालिकाकि पुर्व उपाध्यक्ष चित्ररेखा चौधरी, कार्यपालिका सदस्य सुरेन्द्र साह सुनार र खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो ।

