बारा-३ : जसपा उम्मेदवार यादव मतदाता भेटदै

संदिप प्रसाद यादव
213 पाठक संख्या

कलैया : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु घरदैलो गर्दै मतदाताहरु भेटिरहेका छन्। यसैक्रममा बारा निर्वाचन क्षेत्र नम्बर –३ मा जनता समाजवादी पार्टी नेपाल ( जसपा) बाट उम्मेदवारी दिएका रामबाबु कुमार यादव मतदातासंग भेटघाट कार्यक्रममा ब्यस्त देखिएका छन्।

क्षेत्र नम्बर –३ अन्तर्गत कलैया उपमहानगरपालिका –२ स्थित आम्वा,पकडी टोल, वडा नम्बर १४ बघवन र वडा नम्बर २७ बिजुलपुर टोलमा आइतबार उनले मतदातासंग प्रत्यक्ष भेटघाट गरेकाछन्। सोही क्रममा विभिन्न वडाहरुमा चुनावी युवा परिचालन समिति,प्रचारप्रसार समिति र बुथ कमिटी गठन गरेका छन् ।

घरदैलोका क्रममा गाउँघरमा जाने बित्तिकै आफ्नो पक्षमा मतदान गर्न मतदाताहरु उमंगसहित उत्साहित रहेको उनले बताए। मतदाताहरुले आफै व्यापक प्रचारप्रसार गरिरहेको जसपा उम्मेदवार यादवको भनाई रहेको छ।

उनले आफ्नो राजनीतिक एजेन्डा र विकास योजनाबारे मतदातालाई जानकारी गराएका छन्। उक्त भेटघाट कार्यक्रममा जय प्रकाश साह,प्रकाश चौगाई,कमलेश मण्डल,सन्तोष यादव लगायत कार्यकर्ता र युवाहरुको सहभागिता रहेको थियो।

Leave a review