वीरगञ्जमा विश्व पशु चिकित्सा दिवस २०२४ को अवसरमा शनिबार जनचेतनामुलक प्रभातफेरि निकालिएको छ ।
घण्टाघरबाट सो प्रभातफेरि निकालिएको हो । सो प्रभातफेरीले माईस्थान,होटेल मकालु,आर्दशनगर गिता मन्दिर हुदै पुनःघण्टाघरमै आएर कोण सभामा परिणत भएको थियो ।
दिवसको अवसरमा भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र वीरगञ्जको आयोजनामा सो प्रभात फेरी निकालिएको हो।
प्रभातफेरिमा जिल्लामा कार्यरत रहेका ७० जना पशु प्राबिधिकहरुको सहभागिता रहेको भेटनरी अस्पताल वीरगञ्जका प्रमुख डा.राजकुमार साहले जानकारी दिए ।


