जन्म जयन्तीको अवसरमा तीस जना बालकहरुलाई भोजन

साझेदारी दैनिक
281 पाठक संख्या

स्वर्गीय श्रीमती रामा यादवको ३३ औं जन्मजयन्तिको अवसरमा रौतहटको गरुडामा ३० जना बालकलाई भोजन गराईएको छ ।

गरुडास्थित बंशीराम अनाथालयमा रहेको ३० जना बालकहरुलाई भोजन गराइएको हो । स्वर्गीय श्रीमती रामा यादवको २९ बर्षको सानो उमेरमा कोरोनाको कालमा मृत्यु भएको थियो ।

यादवको श्रीमान जयप्रकाश यादवले श्रीमति रामाको ३३ औं जन्मजयन्तिको अवसरमा भोजन खुवाएर जन्मदिन मनाएका हुन् ।

जीवित रहेको बेलानै आफ्नो जन्मदिन अनाथ बालबालिका संग मनाउने रहर राखेकी हुनाले उनको मनोकामना पुरा गर्नको अनाथ बालकहरुलाई भोजन खुवाएर जन्मदिन मनाएको श्रीमान् जयप्रकाशले बताए ।

विश्वमा कोरोना महामारीले आतंक मचाएका बेला अल्पआयुमै सञ्चार क्षेत्रमा क्रियाशिल यादवको कोरोनाका कारण ज्यान गएको थियो । स्वर्गीय श्रीमती रामा यादवको २०७८ बैशाख २८ गते गौर अस्पतालमा मृत्यु भएको थियो ।

को थिइन् स्वर्गीय श्रीमती रामा यादव

स्वर्गीय श्रीमती यादवको जन्म बि.स २०४८ बैशाख महिनाको २७ गते माधव नारायण नगरपालिकाको खेसरहिया भन्ने गाउँमा भएको थियो ।उनी २९ बर्षकै उमेरमा यो संसार छाडेकी थिइन् । यादव रौतहट जिल्लाको पहिलो टेलिभिजन रेड टेलिभिजनकी संचालिका थिइन् ।

संचार क्षेत्रमा रुचि राखेकी रामा यादवले ठूलो अठोट गरेर जिल्लामै पहिलो टेलिभिजन स्थापना गर्न सफल भएकी थिइन् । प्रेस युनियन रौतहटको कोषाध्यक्ष समेत उनी रहेकी थिइन् ।स्वर्गीय यादवको श्रीमान् जयप्रकाश यादव समेत संचार क्षेत्रमा जोडिएका छन् ।

उनले श्रीमतीले चाहेको सबै थोक पुरा गर्न कुनै कसर बाँकी राखेनन् ।कोरोनाको बेला रामाको मृत्यु भयो ।श्रीमतीको मृत्यु भए लगत्तै श्रीमान् जयप्रकाशले स्वर्गीय रामा यादव पत्रकारिता पुरस्कार समेत घोषणा गरेका थिए ।

स्वर्गीय रामा यादव पत्रकारिता पुरस्कार प्रत्येक बर्ष स्वास्थ्य क्षेत्रमा कलम चलाउने एक जना महिला पत्रकारलाई पुरस्कार वितरण गरिदै आएको छ । स्वर्गीय रामा यादवकी चार छोरी र श्रीमान् एवम सासु ससुरा रहेका छन् ।

Leave a review

This will close in 0 seconds