बारा प्रहरीले २३ लाख ८५ हजार बराबरको अवैध सामानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उप–महनागरपालिका वडा नम्बर १ पथलैया चोकस्थित वीरगंजबाट चितवन तर्फ जादै गरेको बा ३ ख ७९११ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा अवैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
उक्त ट्रकमा बिल भरपाई भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू.२३ लाख ८५ हजार ४ सय ६१ रूपैया बराबरको लोड रहेको खुद्रा सामान प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।
अवैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय,पथलैया बारामा पठाईएको निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

