बारामा प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जना पक्राउ

साझेदारी डेलि
112 पाठक संख्या
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 39;

बारा । बारा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बारा र अस्थाई प्रहरी पोष्ट ईनर्वासिराबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा बारा जिल्लाको प्रसौनि गाउँपालिका वडा नं.६ प्रस्टोका स्थितमा जोगिको भेषमा हिडडुल गरीरहेको अवस्थामा गाँजा बरामद गरेको हो।

भारत पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना आदापुर ग्राम काण्डा वडा नं.४ बस्ने बर्ष ६५ को शम्भु सहनी माथी शंका लागि जाँच गर्दा उनको साथबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ ५०० ग्राम बरामद गरिएको प्रहरीले जनाएको हो।

सहनीले उक्त लागु औषध गाँजा जिल्ला बारा प्रसौनि गाउँपालिका वडा नं.७ बलुवा टोल बस्ने बर्ष ४५ को अच्छेलाल सहनीको घरबाट किनेर ल्याएको भनि जानकारी दिएका थिए। प्रहरीले अच्छेलाल सहनीको घर खानतलासी गर्दा ८ के. जी. ७०० ग्राम लागु औषध गाँजा जस्तो देखिने पदार्थ बरामद भएको हो।

अच्छेलाल सहनी र शम्भु सहनीलाई पक्राउ गरी लागु औषध कसूरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप गरी अनुसन्धान भईरहेको बाराका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।

Leave a review